July 24th, 2017

वोमी माइक्रोफाइनान्सले कमायो दुई करोड १० लाख रुपैयाँ मुनाफा

वोमी माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटडले आर्थिक वर्ष २०७३।७४मा दुई करोड १० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा २३ दशमलव ५२ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा वोमीले मुनाफा एक करोड ७७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

छ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी भएको वोमी माईक्रोफाइनान्सले जगेडाकोषमा तीन करोड ९४ लाख रुपैयाँ राखेको छ । निक्षेप ९४ दशमलव ६९ प्रतिशतले वृद्धि गरि २५ करोड ७५ लाख रुपैयाँ संकलन गरेको छ । कर्जामा ७१ दशमलव ३५ प्रतिशतले वृद्धि गरी ६५ करोड ८६ लाख रुपैयाँ लगानी गरेको छ ।

कम्पनीको खुद व्याज आम्दानी १७ दशमलव ६४ प्रतिशतले बढेर छ करोड तीन लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २४ प्रतिशतले बढेर तीन करोड १२ लाख रुपैयाँ पुगेको छ । वोमी माइक्रोफाइनान्सले ६५ लाख रुपैयाँ प्रोभिजन राखेको छ भने १७ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ३२ दशमलव ४१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ६१ दशमलव ०६ गुणा, तरलता अनुपात २२ दशमलव ३४ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ६० दशमलव ९१ रुपैयाँ रहेको । निष्कृय कर्जा १ दशमलव १३ प्रतिशत रहेको छ भने पूँजीकोषको अनुपात १६ दशमलव ५५ प्रतिशत रहेको छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]