July 23rd, 2017

तीन बीमा कम्पनीको सवा करोडभन्दा बढी कित्ता हकप्रद खुला

तीन वटा बीमा कम्पनीले एक करोड ३० लाखभन्दा बढी कित्ता हकप्रद सेयर निष्काशन गरेका छन् । एनबि इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले चुक्तापुँजीवृद्धिका लागि उक्त हकप्रद सेयर निष्काशन गरेका हुन् । 

एनबी इन्स्योरेन्स कम्पनीले शतप्रतिशत अर्थात २७ लाख कित्ता हकप्रद शेयर असार ५ गतेबाट निष्काशन गरेको छ । उक्त हकप्रदमा जेठ ३ गतेसम्म कायम सेयरधनीले साउन ९ गतेसम्म आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय तथा एनबिका सम्पूर्ण शाखाहरुबाट हकप्रद फारम लिन सक्नेछन् । 

हिमालयन जनरल इन्स्योरेन्सको एक बराबर एक दशमलव ६६६७ को अनुपात अर्थात १६६ प्रतिशत हकप्रद असार २८ गतेबाट निष्काशन भइरहेको छ । कम्पनीले चुक्ता पुँजी वृद्धिका लागि सय रुपैयाँ अंकित मूल्यमा ६४ करोड २० लाख रुपैयाँ बराबरको ६४ लाख २० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । बैंकको हकप्रदमा असार २८ गतेदेखि साउन ३१ गतेसम्म आवेदन दिनसक्नेछन् । असार १५ गतेसम्म कायम सेयरधनीले उक्त हकप्रद भर्न पाउनेछन् । 

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको एक बराबर एक अनुपातमा अर्थात शतप्रतिशत हकप्रद शेयर असार ३० गतेबाट निष्काशन खुल्ला भएको छ । उक्त हकप्रद शेयरमा असार १२ गतेसम्म कायम लगानीकर्ताले भदौ १ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले ३९ लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सीबीआईएल क्यापिटल लिमिटेड रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]