July 23rd, 2017

मौद्रिक नीतिले बढायो हकप्रद निष्कासन

सुप्रिम तिवारी

काठमाडौं । आर्थिक वर्ष २०७३र७४ मा नेपाल धितोपत्र बोर्ड ९सेबोन०ले कुल ४५ करोड ६४ लाख २४ हजार १ सय ४२ कित्ता हकप्रद शेयर निष्कासनका लागि स्वीकृति दिएको थियो । सो अवधिमा १७ वाणिज्य बैङ्क, २९ विकास बैङ्क, १० वित्त कम्पनी, ९ लघुवित्त विकास बैङ्क, ५ बीमा कम्पनी र १ जलविद्युत् कम्पनी गरी कुल ७१ कम्पनीले हकप्रद शेयर निष्कासन गर्न स्वीकृति पाएका थिए । अनुमति पाएका ६४ कम्पनीले आव २०७३र७४ मै हकप्रद शेयर निष्कासन गरिसकेका छन् भने बाँकी कम्पनी तयारीमा छन् । अघिल्लो आवको सोही अवधिमा ३७ कम्पनीले ९ करोड ४० लाख ४३ हजार ७ सय ६० कित्ता हकप्रद शेयर निष्कासनको अनुमति पाएका थिए ।

मौद्रिक नीतिले बैङ्क तथा वित्तीय संस्थाको चुक्तापूँजी वृद्धि गर्न दिएको निर्देशनका कारण गत आवमा हकप्रद शेयर निष्कासन गर्ने कम्पनीको सङ्ख्या बढेको हो । अधिकांश कम्पनीले चुक्तापूँजी वृद्धि गर्न हकप्रद शेयर निष्कासन गर्न आवेदन दिएका थिए । गत आवमा वाणिज्य बैङ्क तर्फबाट सिद्धार्थ बैङ्क र माछापुच्छ्रे बैङ्कले दुईचोटि हकप्रद शेयर निष्कासन गरेका थिए । यी बैङ्कले ७ महीनाको अन्तरमा शेयर निष्कासन गरेका हुन् । गत आवको साउन ३ गते सेञ्चुरी बैङ्कले १० बराबर ३ अनुपातको हकप्रद शेयर निष्कासन गरेको थियो । सोही आवको अन्तिममा यस बैङ्कले पुनः निष्कासन गर्न लागेको १० बराबर ४ अनुपातको हकप्रद शेयरलाई धितोपत्र बोर्डले असार २६ गते स्वीकृति दिएको थियो । यस वाणिज्य बैङ्कले कुल १ करोड ८८ लाख ५४ हजार २ सय ५७ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । विकास बैङ्कतर्फ भने कञ्चन डेभलपमेण्ट बैङ्क र सप्तकोशी डेभलपमेण्ट बैङ्कले दुईचोटि हकप्रद शेयर निष्कासन गर्ने अनुमति पाएका थिए ।

धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेका रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्था, लुम्बिनी जनरल इन्स्योरेन्स, सानीमा माई आइड्रोपावर, काबेली विकास बैङ्क, सिन्धु विकास बैङ्क, सेञ्चुरी कमर्शियल बैङ्क र अरुण फाइनान्सको हकप्रद शेयर निष्कासन हुन बाँकी नै छ ।

बोर्डले रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्थालाई २ बराबर १ अनुपातको हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको हो । त्यसैगरी, काबेली विकास बैङ्कले २ बराबर १ अनुपात र सिन्धु विकास बैङ्कको १० बराबर ८ अनुपातको हकप्रद शेयर निष्कासन गर्ने अनुमति पाएका छन् । लुम्बिनी जनरल इन्स्योरेन्सले भने १ बराबर १ अनुपातको कुल ३९ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न बोर्डबाट अनुमति पाएको छ । धितोपत्र बोर्डले सानीमा माई हाइड्रोपावर कम्पनी र अरुण फाइनान्सको १ बराबर १ अनुपातको हकप्रद शेयर निष्कासन स्वीकृति दिएको छ । अझै २०७१ सालदेखि अहिलेसम्म धितोपत्र बोर्डबाट स्वीकृत हुन बाँकी २० कम्पनी पाइपलाइनमा छन् । आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]