July 21st, 2017

सबल बन्दै ‘चौतारी लघुवित्त’, एक वर्षमा कमायो साढे ८३ लाख मुनाफा

चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७३।७४ मा ८३ लाख ४५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा १६ लाख तीन हजार रुपैयाँ नोक्सानमा रहेको लघुवित्तले उल्लेख्य प्रगति हासिल गर्दै उक्त मुनाफा आर्जन गरेको हो । 

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको वित्तीय संस्थाको रुपमा इजाजतपत्र लिई २०७२ साल पौष १९ गतेदेखि आफ्नो  वित्तीय कारोवारको शुुभारम्भ गरेको यस १० जिल्ले लघुवित्तको चुक्तापुँजी हाल दुई करोड १० लाख रुपैयाँ रहेको छ । गत आर्र्थिक बर्ष २०७३।०७४ मा नै संस्थापक सेयर सदस्यहरुबाट पँुजी बृद्घिको लागि कार्यारम्भ गरिएको र चालु आर्थिक बर्ष २०७४।०७५ भित्रै पाँच गुणाले उक्त पुँजी बृद्धि गरी कुल चुक्ता पुँजी रु. १२ करोड ६० लाख पुुर्याउने गरी आवश्यक  प्रक्रियागत कार्य जारी राखिएको चौतरीले जनाएको छ ।

१० वटा जिल्ला कार्यक्षेत्र तोकिएको यस वित्तीय संस्थाले २०७४ आषाढमसान्तसम्म लुम्बिनी अंचलका ६ जिल्ला – अर्घाखांची , गुल्मी , पाल्पा, नवलपरासी, कपिलवस्तु र रुपन्देही र राप्ती अण्चलका ४ जिल्ला – रोल्पा, सल्यान, प्युठान र दाङ्ग गरी तोकिएका सबै दश बटै जिल्लामा आफ्नो कार्यसंजाल विस्तार गरी २१ वटा शाखा कार्यालय मार्फत् कूल १४१७१ जना महिलाहरुलाई  समूहमा आबद्व गराई सामूहिक जमानीमा बिना धितो रु.७३ करोड ५० लाख कर्जा प्रवाह गरेको छ भने रु.८ करोड ८७ लाख समूह सदस्यहरुको बचत संकलन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७३/७४ को अन्त्यसम्म आईपुुग्दा लघुवित्तको रु. ३८ करोड ५१ लाख लगानीमा रहेको छ । 

यस संस्थाले कर्जा तर्फ कृषि, खुुद्रा तथा थोक ब्यापार, उर्जा, आवास, साना तथा घरेलुु उद्योग, शैक्षिक कर्जा, बैदेशिक रोजगार कर्जाका साथै घरायसी उपभोग्य कर्जाको माध्यमबाट सदस्यहरुको तात्कालिक खांचो टार्ने तथा उनीहरुमा दीर्घकालिन रोजगारीको बिकल्प सृजना गरी आयस्तर बढाउन मद्धत गरेकोे छ ।त्यसैगरी व्यक्तिगत स्वेच्छिक बचत, समूूह बचत, केन्द कोष बचत, चाडपर्व बचत, पेन्सन बचत, बिमा बचत जस्ता बचत योजना  नियमित रुपमा संचालन गरी कर्जाबाट ऋणीले बढाएको आयलार्ई बचतसंग आबद्घ गराई विपन्न महिलाहरुमा बचत गर्न सक्ने क्षमताको समेत विकास गर्दै आएको दाबी चौतारी लघुवित्तको छ । यसैगरी यस वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वलाई वहन गर्दै सदस्यहरुलाई सुत्केरी खर्च ,काजकृया खर्च, ऋण्ीको मृत्युु भएको खण्डमा पूुरै ऋण मिनाहा गर्ने जस्ता ग्राहकमुखी कार्यक्रम समेत संचालन गरिरहेको छ । 

यस वित्तीय संस्थाले आ.ब. २०७४।०७५ मा थप ५ जिल्लामा कार्यक्षेत्र विस्तार गरी  १९ शाखा थप गरी कूल शाखा ४० पुुर्याउने , लगानीमा रहिरहने कर्जा कर्जा ९० करोड , बचत २४ करोड र संचालन मुनाफा ४ करोड गर्ने गरी योजना तर्जुमा गरेको छ । आगामी आ.ब. देखि राष्ट्रिय स्तरको नमूना लघुवित्त बनाउन नयां सेवाहरुको समेत सुरु गर्ने लघुवित्तको योजना छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]