July 17th, 2017

एनआईसी एशिया बैंकले पायो उत्कृष्ट गुणस्तरीय रेटिङ

एनआईसी एशिया बैंक लिमिटेडले इक्रा नेपाल लिमिटेडबाट उत्कृष्ट गुणस्तरीय क्रेडीट रेटिङ्ग "[ICRA NP – IR] A" प्राप्त गरेको छ । बैंकको १९ वर्षको लामो व्यवसायिक आधार, पुंजी प्रयाप्तता, न्युन जोखिम कर्जा, कर्जा तथा निक्षेपमा बैंकको बजार हिस्सा लगायत अन्य सम्बन्धित सुचकांकहरुको स्तरको आधारमा उक्त क्रेडीट रेटिङ्ग प्रदान गरिएको हो । उक्त क्रेडिट रेटि¨प्राप्त संस्थाको कर्जा जोखिम औषत रहने तथा प्रयाप्त कर्जा गुणस्तर रहेको मानिन्छ ।

यो बैंक ११९ शाखा कार्यालयहरु, ४ एक्स्टेन्सन काउन्टरहरु तथा ७० ए टि एम सञ्जालहरुको आधारमा निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा उपलब्ध गराउने अभिप्रायले देशका विभिन्न स्थानहरुमा थप शाखा सञ्जाल, एक्स्टेन्सन काउन्टर तथा ए टि एम सञ्जालहरु संचालन गर्ने योजना अगाडि सारेको छ ।


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]