July 17th, 2017

पुँजीवृद्धिका लागि हकप्रद निष्काशनको चटारो : पाँच वटा बैंकले मागे अनुमति

पुँजीवृद्धिका लागि हकप्रद निष्काशन गर्न लागेका बैंकहरुको सूचिमा पाँच वटा बैंक तथा फाइनान्स कम्पनी थपिएका छन् । कर्णाली डेभलपमेन्ट बैंक, भार्गव विकास बैंक, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड, ओम डेभलपमेन्ट बैंक र सिभिल बैंकले हकप्रद निष्काशनको अनुमति माग गर्दैं नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

कर्णालीले एक बराबर दुई दशमलव २५को अनुपातमा हकप्रद सेयर जारी गर्ने अनुमति मागेको छ । ३३ करोड ९७ लाख ५० हजार रुपैयाँको हकप्रद सेयर जारी गर्नका लागि बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

त्यस्तै, १० बराबर आठको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको भार्गव विकास बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले २१ करोड १२ लाख रुपैयाँको हकप्रद जारी गर्न लागेको हो । 

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले १० बराबर आठ दशमलव तीनको अनुपातमा हकप्रद निष्काशन गर्दैछ । कुल २७ करोड ६७ लाख २२ हजार पाँच सय ६२ रुपैयाँको सेयर जारी गर्न लागेको फाइनान्सले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।  

यता, ओम डेभलपमेन्ट बैंकले ४९ करोड ३१ लाख ८३ हजार पाँच सय रुपैयाँको हकप्रद सेयर निष्काशन गर्दैछ । यसका लागि बैंकले एनआईबिएल क्यापिटल मार्केट लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । ओमले १० बराबर तीनको अनुपातमा हकप्रद जारी गर्न लागेको हो । 

त्यसैगरी, सिभिल बैंकले १० बराबर चारको अनुपातमा अर्थात दुई अर्ब सात करोड ४० लाख ८८ हजार छ सय ७५ रुपैयाँको हकप्रद सेयर जारी गर्ने अनुमति माग गरेको छ । यसका लागि बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरिसकेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]