Wednesday , September 20 2017

पछिल्लो समय इन्टरनेटको अवस्था : पहुँच विस्तारदेखि विकृतिसम्म              

July 17, 2017

ढुन बहादुर बुढाथोकी- अहिले सिंगो बिश्व एउटा गाउँमा रुपान्तरित छ । फेसबुक, युट्युव, ई–मेल, इन्स्टाग्राम, टुईटर, स्काईप, भाईबर, गुगलिङ, ट्रान्सलेशसन, अनलाईन सपिङ, ईबैंकिङ, ईट्रेड, ईबिजनेश, ई हेल्थ, ई गभरनेन्स, ई कर्मस, ई लर्निङ आम कुरा भएको छ । यसको श्रेय इन्टरनेट र स्मार्ट टेक्नोलोजीलाई जान्छ । इन्टरनेट प्रबिधिको प्रादुर्भाब इलोक्ट्रोनिक कम्प्युटर संगसगै १९५० मा भएको थियो । तथापि, इन्टरनेट क्षेत्रमा आयामिक छलाङ मार्ने कार्य १९९० पश्चात मात्र भएको हो । १९९० पूर्व इन्टरनेट प्रबिधिको उपयोग मुलतः अध्ययन, अनुसन्धानको क्षेत्रमा मात्र सीमित थियो । १९९० पश्चात इन्टरनेट क्षेत्रको खोज अनुसन्धानमा बैज्ञानिकहरु हात धोएरै होमिए । १९९१ मा वल्ड वाईड वेभको सार्बजनिक भयो । १९९२ मा रोवोर्ट कन र भिन्टक्रेफले इन्टरनेट सोसाईटी स्थापना गरे । सन्् १९९३ मा डिएमटी(इाइरेक्ट मल्टि टोन) प्रबिधिको अगाडि  सारियो । १९९६ मा बे्रव स्टसकहले अर्काइभ(ई–मेल पठाउन सहयोग हुने) पत्ता लगाए । सोही बर्ष डा.हेनिङ सुुलार्जिले भिओआईपि सम्बन्धी इन्टरनेट प्रोटोकलको आबिस्कार गरे ।  २००१ मा जिम्मी वेल्सले विकिपिडीयाको शूरुवात गरे । सन्् २००५ मा युट्यिुव र सन् २००७ आईफोन मोवाईल वेब पहिल्याईयो भने २००८ मा  गुगल बिश्वकै अग्रणी सर्च इन्जिन बन्यो ।

इन्टरनेटको पहुँच
१९९५ मा इन्टरनेट डेन्सिटी १ प्रतिशतमा सीमित थियो । २००१ मा इन्टरनेट डेन्सिटी ८ प्रतिशत रहँदा बिकसित मुलुलकमा २९.४ प्रतिशत र बिकासोन्मुख मुलुकमा २.८ प्रतिशत रहेको थियो । सन् २०१६ मा इन्टरनेट डेन्सिटी ४७.१ प्रतिशत पुग्दा बिकसित मुलुकमा ८१ प्रतिशत र बिकासोन्मुख मुलुकमा ४०.१० प्रतिशत रहेको छ । यसहिसाबले २००१ मा ४९.५० करोडमा सीमित इन्टरनेट प्रयोगकर्ता सन् २०१६ मा तीन अर्ब ४८ करोड पुगेको छ । जसमा बिकसित मुलकमा एक अर्ब दुई करोड छन् भने बिकासोन्मुख मुलकमा दुई अर्ब ४६ करोड रहेका छन् । 

बिश्वमा इन्टरनेट डेन्सिटीमा ठूलो बिसमता छ । सन् २०१६ मा इन्टरनेट डेन्सिटी  अफ्रिकाका २५.१ प्रतिशत, अरब स्टेटका ४१.६ प्रतिशत, एशिया तथा प्रशान्तका ४१.९ प्रतिशत  अमेरिकाका ६५ प्रतिशत, कमन वेल्थ अफ इन्डिपेन्डेन्ड स्टेटका ६६.६ प्रतिशत र युरोपका ७९.१ प्रतिशत रहेको छ । सोही अबधिमा बिश्वका ३.९० अर्ब अर्थात  ५३ प्रतिशत मानिस इन्टरनेटवाट टाढाछन् । खासगरी युरोपमा २१ प्रतिशत, कमन वेल्थ स्टेटमा ३३ प्रतिशत, अमेरिकामा ३५ प्रतिशत, एशिया तथा प्रशान्त क्षेत्रमा ५८ प्रतिशत र अफ्रिकामा ७५ प्रतिशत मानिस अफ लाईनमा रहेकाछन् ।

डिजिटल डिभाईड 
बिश्वब्यापि डाटा डेन्सिटी बिकसित मुलुकमा ८१ प्रतिशत पुग्दा बिकासोन्मुख मुलुकमा ४०.१ प्रतिशत पुगेको छ । युरोपमा ७९.१ प्रतिशत, अमेरिकामा ६५ प्रतिशत, अरब क्षेत्रमा ४१.१ प्रतिशत, एशिया प्रशान्त क्षेत्रमा ४१.९ प्रतिशत हुदा अफ्रिकामा २५.१ प्रतिशत छ । स्मरण रहोस,  अहिले शहरमा बस्नेको संख्या ४ अर्ब छ भने ग्रामिण क्षेत्रमा  ३.४ अर्ब मानिस बसोवास गरिरहेकाछन् । भुल्नै नहुने कुरा ग्रामिण क्षेत्रमा २९ प्रतिशत मानिसको हातमा थ्रिजी पुग्दा शहरमा ८९ प्रतिशत मानिसको हातमा थ्रिजी पुगेको छ ।

डाटा स्पिड
इन्टरनेको गुदी कुरा भनेको यसको स्पिड हो । इन्टरनेट स्पिड भन्नुको अर्थ कुनै साईट कति छिटोे खुल्छ ? कुनै फाईल कति सिघ्र डाउनलोड हुन्छ ? वा कुनै भिडियो भिडियो खोल्दा कुनै रोकावट पैदा हुन्छ, हुँदैन सो कुरालाई जनाउँछ । इन्टरनेटको स्पिड किलोबिट, मेगाबिट, टेराबिट प्रतिसेकेन्डमा मापन हुन्छ । इन्टरनेटको औसत स्पिड नेदरल्यान्डमा १७.३ एमबिपिएस, फिनल्यान्डमा १७.६ एमबिपिएस, जापानमा १८ एमबिपिएस, सिंगापुरमा १८.२ एमबिपिएस, स्वीजरल्यान्डमा १८.४ एमबिपिएस, स्वेडेनमा १९.७ एमबिपिएस, नर्बेमा २० एमबिपिएस, र दक्षिण कोरियामा २६.३ एमबिपिएस हुदा नेपाल तथा भारतमा औषत ३.५ एबिपिएस छ  ।

प्रबिधि(थ्रिजी, फोरजी र फाइभजी)
भिडियोकल गर्न सकिने थ्रिजीकोे औषत स्पिीड ३.६ देखि २१ एमबिपिएस मानिन्छ । २०११ मा बिश्वको जनसंख्या ७ अर्ब हुदा ४५ प्रतिशत रहेको थ्रिजी घनत्व बिश्व जनसंख्या ७.५० अर्ब पुग्दा ६९ प्रतिशत पुगेको छ । तथापि, ग्रामिण क्षेत्रमा २९ प्रतिशत मानिसमा मात्र थ्रिजी पुग्दा शहरी  पहूँच ८९ प्रतिशत  छ ।
सन् २००८ ताकावाट सुरु भएको फोरजी अहिले सम्म कै दु्रतगतिको इन्टरनेट हो । जसको औषत स्पिड १० देखि ५० एमबिपिएस मानिन्छ ।  २०१६ सम्ममा ७८ वटा मुलुक भईसकेको फोरजीको कभरेज दक्षिण कोरियामा ९६ प्रतिशत, जापानमा ९२ प्रतिशत, हंकंकमा ८४ नर्बेमा ८२ प्रतिशत र अमेरिकमा ८० प्रतिशत, चीनमा ७५ प्रतिशत र भारतमा ७२ प्रतिशत पुगेको छ । फाईबजी अबको प्रतिक्षा हो । जुन फोरजी भन्दा १ हजार गुना फास्ट हुने, १ गुना कम पावर खपत गर्ने, १ हजार बढि डिभाईसहरु चलाउन सकिने बताईन्छ । भलै फाईबजी अहिले परिक्षणको चरमै  छ ।

इन्टरनेटमा बिकृति
इन्टरनेटका कारण साईबर अपराध लगायत कथित दुस्परिणामहरु सिर्जना भएका छन् । पोर्नोग्राफि इन्टरनेट सिर्जित बिकृति हो । पोर्नोग्राफिले ब्यापक दायरा निर्माण गरिसकेको छ । २००६ मा गरिएको एक अध्ययनले प्रतिसेकेन्ड ३ हजार ७५ अमेरिकी डलर पोर्नोग्राफिमा खर्चिएको देखाएको छ । सो अध्ययनले बिश्वमा प्रतिसेकेन्ड २८ हजार २८६ जनाले पोर्नोग्राफि हेरिरहेको,  प्रतिसेकेन्ड ३ सय ७२ ले एडल्ट टर्म (यौन शब्दावली) टाईप गरिरहेको, प्रत्येक ३९ मिनेटमा एउटा पोर्नोग्राफि भिडियो बनिरहेको देखाएको छ । अध्ययनले कूल साईटमध्ये पोर्नोग्राफि साईट १२ प्रतिशत रहेको दावी गरेको थियो । जसमा ४.२ मिलियन पोर्नोग्राफि साईट र ४२० मिलियन पोर्नोग्राफि पेजहरु रहेकोमा पोर्नोग्राफिको आम्दानी ९७.०६ अर्ब अमेरिकी डलर देखाएको छ । जबकी  २००६ मा १७.६ प्रतिशत रहेको इन्टरनेट पेनिरेशन अहिले ४७.१ प्रतिशत पुगको छ । प्रश्तुत तथ्यांकवाट पोर्नोग्राफिको बिकृति र आयाम कति भयानक होला भनेर अनुमान गर्न कठिन पर्दैन । 

इन्टरनेटका सबल पक्ष
नेपालमा १७ बर्ष पूर्व अर्थात २०५७ ताका इन्टरनेट प्रबिधि भित्रिएको हो । डायल अपको युग चिर्दै साँघुरो समय सीमामा इन्टरनेटले वायरलेस मोडेम, भि–स्याट, अप्टीकलफाईबर, इथरनेट, केवलमोडेम, एडियसएल, जिपिआरएस, इडिजिई, डब्लुसिडिएम, ईभिडिओ, वाईम्याक्स, एलटिई मार्ग चुमेको छ । न्यारोब्यान्ड–व्रोडब्यान्ड, थ्रिजी, फोरजी,  वायरलाईन–वायरलेस, लिमिट–अनलिमिडेट आदि बिभिन्न प्रबिधि र प्याकेजमा सेवा उपलब्ध छ । इन्टरनेट डेन्सिटी बिश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा ५३ प्रतिशत र चौथो ठूलो अर्थतन्त्र भारतमा ४६.२ प्रतिशत पुग्दा हामीकहाँ २०१७ अप्रिल सम्ममा ५८.३१ प्रतिशत पुगेको छ । यो कुनै चानचुने उपलब्धी होईन, सेवा प्रदायकहरुको इन्टरनेट वाहुबलियको करामत हो । 

नेपाल टेलिकम र एनसेल
नेपाल टेलिकम र एनसेल इन्टरनेट बजारका वादशाह कहलाउँछन् । जहाँ इन्टरनेटको ९७.३९ प्रतिशत बजार नेपाल टेलिकम र ऐनसेलको पकडमा छ । बस्तुतः नेपाल टेलिकमले इन्टरनेटको सूरुवात डायलअप प्रबिधि मार्फत गरेको थियो । टेलिकमले २०६३ मा जिपिआरएस, २०६५ मा एडिएसएल, २०६६ मा थ्रिजी, २०६९ मा वाई म्याक्स र २०७३ मा फोरजी सेवा पस्कियो । ७५ जिल्लामा एडिएसएल, थ्रिजी र वाईम्याक्स सेवा पु–याई सकेको नेपाल टेलिकमले इभिडिओ, एफटिटिएच जस्ता अत्याधुकि प्रबिधिमार्फत इन्टरनेट सेवा प्रवाह गरिरहेको छ । अहिले नेपालमा इन्टरनेटका उपभोक्ता १ करोड ५४ लाख पुगेका छन् । जसमा टेलिकमको पोल्टामा ८३ लाख र ऐनसेलको पोल्टामा ६७ लाख उपभोक्ता छन् । जुन क्रमसः ४३.६२ र ५३.७८ प्रतिशत हो । जहाँ स्माट, युटिएल र अन्य आईएसपिको बजार हिस्सा २.६१ प्रतिशत मात्र छ । 

परन्तु, उपभोक्ता सामू लोकप्रिय मानिएको एडिएसएल इन्टरनेट सेवा आषातित मौलाउन सकिरहेको छैन । उच्च गतिको मानिने वाईम्याक्स र  फाईवर टु होमको बजार अहिले पनि संशयको घेरामा छ । वायरलाईनमा आधारित डायलअप सेवा हुनु–नहुनुमा कुनै भेद छैन । डाटाडेन्सिटीे अहिले पनि ५८.३१ प्रतिशत मात्र छ । यसको अर्थ ४१.६९ प्रतिशत मानिसले अझै इन्टरनेटवाटको मुख देख्न पाएका छैनन् भन्ने नै हो । त्यसमाथि नेपाल दूरसञ्चार प्राधिकरणले प्रश्तुत डाटा डेन्सिटी ५ बर्ष पूर्ब अर्थात २०६८ को जनगणमा अधारित हो ।  


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *