Friday , July 28 2017

काठमाडौंमा घरजग्गाको भाउ नबढ्ने, यस्ता छन् ४ कारणहरु

July 17, 2017

गंगा श्रेष्ठ । पछिल्लो समयमा विभिन्न कारणलले काठमाडौंमा घरजग्गा व्यबसाय सुस्ताएको छ । जसमा बैंकिङ लगानी घट्नु, संघीय संरचनाको विकास हुनु, स्थानीय तहको निर्वाचन हुनु तथा काठमाडौं भन्दा बाहिरी जिल्लाहरुमा नयाँ शहरको विस्तार हुनु जस्ता कार्यले काठमाडौंमा अब घरजग्गाको भाउ ओरालो लाग्ने संकेत देखिएको छ । जसले गर्दा उपत्यकाका मालपोत कार्यलयको राजस्व संकलनमा कमी आएको छ ।  हेरौ काठमाडौंमा घरजग्गा व्यबसाय सुस्ताउनुका कारणहरु : 

संघीय पद्वतिको विकास :  
देशमा संघीय पद्वतिको विकास भएसँगै स्थानीय तहमा शहरी पुर्वाधार विकास निर्माणका कार्यहरु सुुरु गर्न लागिएको छ । संघीय संरचना अनुसार मुलुकभित्र कायम स्थानीय तहमा शहरी पुर्वाधार विकास निर्माणका लागि वार्षिक रु. १ खर्ब ३५ अर्ब लगानी गर्न आवश्यक रहेको देखिएको छ । शहरी विकास मन्त्रालयले गरेको एक अध्ययन अनुसार आगामी १५ वर्ष भित्रमा २ सय ६५ ओटा स्थानीय तहमा ६० प्रतिशतमात्रै पूर्वाधार निर्माणका लागि प्रतिवर्ष उक्त लगानी गर्नुपर्ने देखिएको हो । स्थानीय तहका प्रमुख केन्द्रहरुमा शहरी पूर्वाधार निर्माण गर्दै शहरीकरण उन्मुख बनाउन मेघासिटी, स्मार्टसिटी, नगरसिटी विकासको अवधारणा अनुसार मन्त्रालयले कार्ययोजना बनाएको छ । जसले गर्दा शहर केन्द्रित विकास अव स्थानीय तहसम्म पुग्न थालेको छ । शहरमा उपलब्ध हुने सुविधाहरु सजिलै स्थानीय तहमानै पाउन सकिन्छ । यसले गर्दा देशका पाँचवटै प्रदेशमा शहरीकरण हुने सम्भावना देखिएको छ । यसकारण काठमाडौं उपत्यकामा घरजग्गाको कारोवारमा ह्रास आएको देखिन्छ । 

बैंकिङ कर्जामा कडाई
नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीतिमा पनि उपत्यकामा घरजग्गामा कडाई गरेको छ । यसले बैंकवित्तबाट घरजग्गा कर्जामा कडाई हुने भएपछि पुसदेखिनै घरजग्गाको कारोवारमा कमि आएको छ । उपत्यकाका मालपोत कार्यलयको राजस्व संकलन मङ्सिरको तुलनामा पुसमा ९ करोड रुपैयाँ घटेको थियो । पुसभन्दा माघमा घटेको छ । त्यस्तै, माघको तुलनामा फागुनमा  अझै कमी आएको छ । । चैत महिनामा फागुनको तुलनामा ४ करोड रुपैयाँ बढेपनि बैशाखमा २३ करोड रुपैयाँले कमी आएको देखिन्छ । बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा कर्जामा कडाइ गरेकाले जग्गा खरीद विक्रिमा कमी आएको भूमिसुधार तथा व्यवस्थापन विभागका निर्देशक सुशिलप्रसाद आचार्यले वताए ।  बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको १० महीना अवधिमा घरजग्गा क्षेत्रमा २ अर्ब ९० करोड रुपैयाँ लगानी गरेका छन् । असारसम्ममा घरजग्गा क्षेत्रमा २ खर्ब ५० अर्ब ९० करोड रुपैयाँ लगानी भएको थियो । यसमा १ करोडभन्दा कमको आवसीय कर्जासमेत समावेश गरीएको राष्ट्र बैंकले जानाकारी दिएको छ ।

बढ्दो अव्यवस्थित शहर  
मानिसहरु धेरै शहरकेन्द्रित भएकाले बजार अव्यवस्थित बन्दै गएको छ । आफ्ना आधारभूत आवश्यकता पुरा गर्नको लागि शहर केन्द्रित हुने गरेको पाइन्छ । तर काठमाडौं उपत्यकाको घनत्व आबश्यक भन्दा धेरै छ । जसमा फोहर, अव्यबस्थीत सडक, अब्यबस्थीत ढल निकास, पीउने पानीमा समस्या आदीका कारणले उपत्यका प्रदुषीत बन्दै गएको छ । साथै उपत्यका बाहिर खुल्ला ठाउँ प्रयाप्त भएका कारण ती ठाउँमा नयाँ शहर बस्दैछन् । यसले गर्दा पनि मानिसहरु उपत्यका बाहिर बस्न चाहेको देखिन्छ । शहरको बढ्दो जनसंख्या सँगै अव्यवस्थित बाटो, सवारी साधनको चाँप आदि कारणले गर्दा शहर अव्यवस्थित बन्दै गएको छ । जसको असर घरजग्गा कारोवारमा देखिएको छ । पछिल्लो समयमा मानिसहरु सान्त खुला ठाउँमा बस्न रुचाएको देखिन्छ ।

लगानी अन्य क्षेत्रमा बढ्दो 
लगानीका स्रोतहरु अन्य क्षेत्रमा बढ्दै गएकाले घरजग्गा कारोवारमा ह्रास आएको छ । जस्तै, होटल, उद्योग, कृषि, सेयर बजार आदि क्षेत्रमा लगानि बढ्दो क्रममा रहेको छ । मानिसहरुले विभिन्न क्षेत्रमा लगानि गरी आफ्नो व्यवसाय बढाउने उद्देश्य राखेको पाईन्छ । बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा कर्जामा कटौति गरेपछि अन्य लगानीका स्रोतहरु बढ्दै गएका छन् । यसरी अरु ठाउँमा लगानी बढ्नु र बैंकहरु उत्पादन क्षेत्रमा जानुपर्ने बाध्यता भएका कारण घरजग्गामा अब लगानी नबढ्ने संकेत देखिएको छ ।                                                                                                                                                                      


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *