July 16th, 2017

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले कमायो दोब्बर बढी मुनाफा

बुटवल—८, रुपन्देहीमा केन्द्रिय कार्यालय रहेको नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंक लिमिटेडले चालु आ.व.को अन्तिम  खातावन्दिको अपरिष्कृत वित्तिय विवरण अनुसार पाँच करोड ६५ लाख ९५ हजार संचालन मुनाफा गरेको छ । गत आ.व.को सोहि समिक्षा अवधिको तुलनामा संचालन मुनाफा १५२ प्रतिशतले बढी भएको हो ।

रुपन्देही, नवलपरासी र चितवनमा १० वटा शाखा तथा विस्तारित शाखा कार्यालयहरु मार्फत २२,४१२ निक्षेपकर्ता तथा  १,१३० क्रृणीहरुलार्ई ए.टि.एम, सन्ध्याकालिन, लकर, निशुल्क ए.बि.बि.एस., इलेक्ट्रोनिक चेक क्लियरिङ र ३६५ दिने बैकिङ्घ सेवा लगायत अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको उक्त बैंकको अधिकृत पुँजी ६० करोड तथा चुक्ता पुँजी २२ करोड २ लाख ९४ हजार छ भने निक्षेप १ अरब ७६ करोड ६५ लाख, कर्जा लगानी १ अरब ५६ करोड ८० लाख र निष्कृय कर्जा ०.५१ प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पूंजि पुर्याउन चुक्ता पुँजीको १ वरावर १.२  अर्थात १२० प्रतिशतको अनुपातमा हकप्रद शेयर निष्कासनको प्रकृयामा रहेको र त्यसमा अपुग पुंजि चालु आ. व. को मुनाफा तथा गत बर्ष गरिएको हकप्रद शेयर निष्काशनको क्रममा आर्जित शेयर प्रिमियम रु. १ करोड ५३ लाखबाट वोनस शेयर वितरण गरिने बैंकको लक्ष्य रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत राजन प्रसाद खनालले बताए ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]