Sunday , November 19 2017

तीन वटा लघुवित्त संस्थाले मागे ठूलो संख्यामा कर्मचारी

July 16, 2017

तीन वटा लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेका छन् । निकट भविष्यमा नै सञ्चालनमा आउन लागेको नागरिक लघुवित्त वित्तीय संस्था लिमिटेडले व्यवस्थापकी, अधिकृत र सहायक तहमा विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई साउन १५ गतेभित्र आवेदन दिइसक्न आह्वान गरिएको छ । 

त्यस्तै, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले पनि सहायक कार्यकारी प्रमुख, अधिकृत, शाखा कार्यालय प्रमुख र फिल्ड सहायक माग गरेका छ । एप्लाई गर्नका लागि साउन १० गतेसम्मको समय दिइएको छ । 

छिटै नै सञ्चालनमा आउने प्रक्रियामा रहेको सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । प्रवेशिका उतीर्णदेखि स्नातक उतीर्ण गरेकासम्मका लागि कम्पनीले रोजगारी दिन लागेको छ । एप्लाई गर्नका लागि साउन १५ गतेसम्मको समय दिइएको छ ।

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *