Friday , September 22 2017

अफ्रिकाका कान्छा अर्बपति जसले दिए एकलाखलाई रोजगारी

July 15, 2017

अफ्रिकाकै सबैभन्दा कान्छा अर्बपति हुन् मोहम्मद ‘मो’ देवजी। ४१ वर्षीय उनको सम्पत्तिको स्रोत विभिन्न व्यापार र व्यवसाय नै हो। फोब्र्स अखबारका अनुसार उनको कुल सम्पत्ति १।०९ अर्ब अमेरिकी डलर रियल टाइम १० जुन २०१६० रहेको छ। तान्जानियाका नागरिक उनी हाल डारे सलाममा बसोबास गर्छन्।

‘मो’ देवजी बुवाले १९७० को दशकमा तान्जानियामा खोलेको व्यापारिक समूह मोहम्मद इन्टरप्राइज तान्जानिया लिमिटेड ९मेल्ट० का सीईओ हुन्। उनी आफ्नै परिश्रमले यो पोजिसनमा पुग्न सफल भए। उनको कम्पनीले उत्पादन गरेको कपडा, पिठो, पेय पदार्थ र खाद्य तेललगायत विविध सामग्रीहरूले पूर्वी, दक्षिणी र मध्य अफ्रिकामा एकछत्र रूपमा कब्जा जमाएको छ। सन् २०१५ को सुरुमा तान्जानियाको संसद् सदस्यबाट दुई कार्यकाल पूरा गरेका देवजीले कोकाकोलाभन्दा सस्तोमा ‘मो कोला’ उत्पादनसमेत गर्दै आफ्नो व्यापार बढाए। उनकै समर्थनमा सत्तारूढ दल सीसीएम पार्टीका जोन मागुफुली सन् २०१५ को अक्टोबरमा तान्जानियाका राष्ट्रपति बन्न सफल भए। उनको ‘मो देवजी फाउन्डेसन’ ले तान्जानियाका गरिब बालबालिकालाई छात्रवृत्ति पनि प्रदान गर्दै आएको छ। फोब्र्सका अनुसार यो वर्षको अर्बपति सूचीमा उनी १५७७ औं स्थानमा छन्। तान्जानियाका सर्वाधिक धनाढ्य उनी अघिल्लो वर्ष अफ्रिकाको ५० मध्ये २१ औं धनी हुन्।

सन् १९७५ मे ८ मा तान्जानियाको इपेम्बे सिन्गिदामा जन्मेका मो देवजीको पूरा नाम ‘मोहम्मद गुलाम देवजी’ हो। तान्जानियामा उनी व्यापारी र उद्यमी मात्रै होइन एउटा समाजसेवी र पूर्वराजनीतिज्ञका रूपमा समेत लोकप्रिय छन्। सन् २००५ देखि २०१५ सम्म सिन्गिदा सहरी निर्वाचन क्षेत्रबाट दुई कार्यकालका लागि उनी राष्ट्रिय संसदको प्रतिनिधित्व गर्नसमेत भ्याइसकेका छन्। तर, राजनीतिलाई पेसा बनाउन नसक्ने भएकाले उनी राजनीतिबाट सन्यास लिने घोषणा गरे। हाल उनी मेल्ट समूहको ७५ प्रतिशत सम्पत्तिका मालिक हुन् र त्यसका प्रमुख कार्यकारी अधिकृत पनि।
जर्जटाउन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय व्यापार र वित्त विषयमा स्नातक गरेका उनी पढाइ सकेर तान्जानिया फर्केर मेल्ट समूहमा सक्रिय भए। तर, उनी समूहमा सक्रिय भएताका मेल्टको आर्थिक अवस्था ठीक थिएन। कम समयमै आफ्नो परिश्रमबाट कम्पनीलाई नाफामूलक बनाइछाडे।  

हालै उनले तान्जानियामा केही वर्षभित्रै एक लाख मानिसलाई काम लिने बाचा गरेका छन्। सञ्चार माध्यमहरूसँगको एक साक्षात्कारमा उनले भनेका छन्, ‘सन् २०२१ सम्ममा अफ्रिकाभरि एक लाख मानिसलाई रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ अगामी चार वर्षमा ५ सय मिलियन अमेरिकी डलरभन्दा बढीको लगानी गर्दै छु।’ मुलुकमा निजी क्षेत्रबाट विकासमा योगदान पुर्याउने उनको समूह महत्त्वपूर्ण खेलाडीका रूपमा अग्रस्थानमा छ। उनको समूह स्थानीय रोजगारी र विभिन्न व्यापारिक सामग्री उत्पादनमा पूर्व र मध्य अफ्रिकामा लोकप्रिय पनि छ। खासगरी विविध व्यापार, कृषि, ऊर्जा, पेट्रोलियम, वित्तीय सेवा, मोबाइल टेलिफोनी, भौतिक संरचना र रियल इस्टेट, ट्रान्सपोर्ट, लजिस्टिक र वितरणलगायत क्षेत्र गरी ३५ उद्योगहरू हाल मेल्ट समूहमार्फत सञ्चालनमा छन्। उनको समूहमा हाल २८ हजार कर्मचारी छन्। उनी सन् २०२३ सम्ममा अफ्रिकाकै सबैभन्दा धनाढ्य बन्ने सोचका साथ सक्रिय छन्।

देवजीले जे भन्छन् त्यही गर्छन्। सायद त्यसैले होला उनी सधै आफ्नो व्यापार र उद्यमशीलतामा सफलता हात पार्दै आएका छन्। त्यसैले त सन् २००३ मा आफ्नो बुवाको मध्यमखालको व्यापारलाई पूर्ण नियन्त्रणमा लिएलगत्तै मनग्य आम्दानी गर्दै तान्जानियाकै अग्रणी कम्पनी बनाउन सफल भए। मेल्ट समूहमा प्रवेश गर्नुअघि र स्नातकको पढाइ सकेलगत्तै वाल स्ट्रिटमा समेत उनले काम थालेका थिए। त्यहाँ देवजीले सातामा सय घण्टासम्म काम गरेका थिए। त्यसबापत उनले वार्षिक रूपमा ६० हजार अमेरिकी डलर पाउँथे। तर, म्यानहटनमा घरको भाडा तिर्न यो रकम पर्याप्त थिएन। त्यसमा पनि ३० प्रतिशतभन्दा बढी रकम त कर नै तिर्नुपथ्र्यो। केही महिना वाल स्ट्रिटमा काम गरेपछि देवजीले थप रकमका लागि बुवासँग आर्थिक सहयोगको याचना गरे। ती दिन सम्झँदै उनी भन्छन्, ‘एक दिन मैले बुवालाई थप सहयोगका लागि आग्रह गरें किनभने म आर्थिक संकटबाट गुज्रिरहेको थिएँ।

मेरो सानो अपार्टमेन्टको वार्षिक भाडा नै ३० हजार अमेरिकी डलर थियो। त्यसमा पनि ३० प्रतिशत त आयकरमै जान्थ्यो, जीवन वास्तवमै खर्चिलो र तनावपूर्ण थियो।’ छोराले आफ्नो दुस्ख सुनाउँदा पनि बुवाले उनलाई थप आर्थिक सहयोग गर्न अस्वीकार गरे। बुवाले अमेरिकामा बस्ने छोरालाई घर फर्केर परिवारको व्यापारमा सहभागी हुन आग्रह गरे।
उनी आफ्नो अतितलाई सम्झँदै भन्छन्, ‘मेरो बुबाले मलाई अमेरिकामा बसेर समय बर्बाद गर्नुभन्दा तान्जानियामै आएर भविष्य सुनिश्चित गर्न आग्रह गर्नुभयो।’ त्यसताका २३ वर्षका देवजीले बुवाको आग्रह स्वीकार गर्दै आफ्ना सबै समानासहित तान्जानिया फर्के। सन् १९९९ मा एउटा व्यापारिक हाउसका रूपमा रहेको मेल्टको वार्षिक आम्दानी ३० मिलियन अमेरिकी डलर मात्रै थियो। देवजीले काम सुरु गरेपछि समूहको नाफा ओरालो लाग्न थाल्यो तर उनी निराशचाहिँ भएनन्। पछि उनले साबुनको आयात गर्ने अर्को व्यापार थाले। त्यसै क्रममा उनले साबुनको आफ्नै कारखाना स्थापना गर्ने सोच बनाए। त्यसका लागि फेरि उनले बुवालाई आर्थिक सहयोगका लागि आग्रह गरे।

तर, बुवाले छोरा आफ्नै प्रयासबाट अघि बढोस् भन्ने चाहन्थे। त्यसैले फेरि पनि कुनै आर्थिक सहयोग गर्न बुवाले अस्वीकार गरिदिए। उनी असमञ्जसमा परे। पछि उनले बुवाविरुद्ध अंशदाबी गरे। त्यसपछि उनका बुवा बाध्य भए उनलाई रकम दिन। देवजीले बुबाबाट एक मिलियन अमेरिकी डलर सहयोग होइन, ऋण प्राप्त गरे। त्यस्ताका उनी २९ वर्षका थिए। बुवाबाट पाएको रकमबाट उनले साबुन उत्पादन गर्ने उद्योग सञ्चालन गरे। यो उद्योग उनका लागि वरदान सावित भयो। साबुन बिक्रीबाट मनग्य आम्दानी हुन थालेपछि अन्य उद्योगहरू एकपछि अर्को गर्दै स्थापना गर्दै गए। दुई वर्षमै उनी धनाढ्य बने। तर, त्यस अवधिमा देवजीले आफ्ना फाल्तु खर्चहरूलाई कटौतीसमेत गरेका थिए। एजेन्सीहरूको सहयोगमा


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *