April 20th, 2016

राष्ट्र बैंक र निगमबीच सम्झौता

nepal rastra bank 1नेपाल राष्ट्र बैंक र निक्षेप तथा कर्जा सुरक्षण निगमबीच बैंक तथा वित्तीय संस्थाको सूचना आदानप्रदान गर्ने सम्झौता पत्र एमओयुमा बुधबार (आज) हस्ताक्षर हुँदैछ । निक्षेप सुरक्षण कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले राष्ट्र बैंक र निगमबीच बुधबार बिहान सो सम्झौतामा हस्ताक्षर हुन लागेको हो । राष्ट्र बैँक र निगमबिचको बैठक अर्थमन्त्रालयमा बसिरहेको छ ।  

अहिले संस्था खारेजीमा गएपछि मात्रै निगमले सम्बन्धित कम्पनीसँग सूचना पाउने गरेको छ । सम्झौतापछि भने निगमले खारेजीपुर्व पनि सम्बन्धित संस्थाबारे सूचना प्राप्त गर्नेछ । यो सम्झौतापत्रमा हस्ताक्षर भएपछि निगमले नेपाल राष्ट्र बैंकबाट वित्तीय संस्थाको वित्तीय अवस्था, संस्थागत सुशासन, नियम पालना र नियामक निकायबाट भएका कारबाही निर्देशन लगायतका सूचना प्राप्त गर्नेछ । सूचना आदान प्रदानका लागि निगमले यसअघि राष्ट्र बैंकलाई आग्रह गरेका थियो । 

निगमले वि.सं. २०३१ सालदेखि बैंक तथा वित्तीय संस्थामा रहेको कर्जा सुरक्षण गर्दै आएको निगमले २०६७ देखि पनि सुरक्षण गर्दै आएको छ । अहिलेसम्म बैंक तथा वित्तीय संस्थामा रहेका करिब सवा करोड निक्षेपकर्ताको बिमा भएको छ । पछिल्लो पटक सवा ३ अर्ब रुपयाको हाराहारीमा बिमा भएको बतार्ईएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]