April 19th, 2016

स्प्रिङ मिटिङ  सकेर फर्किए गभर्नर डा. नेपाल

chiranjivi nepal गत चैत्र २६ गतेदेखि अमेरिकाको भ्रमणमा रहेका नेपाल राष्ट्र बैँकका गभर्नर डा. चिरञ्जिवी नेपाल मंगलबार स्वदेश फर्किएका छन् ।अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैँकको संयुक्त आयोजना रहेको २०१६ स्प्रिङ मिटिङमा सहभागी हुन अमेरिका पुगेका नेपाल साँझ ५ बजे स्वेदश फर्किएका हुन् ।

अमेरिकामा रहेर डा. नेपालले नेपालको वित्तिय अवस्थाबारे अन्तर्राष्ट्रिय बैँकरहरुसँग छलफल गरे । गभर्नर डा. नेपालले बसाई अवधिभर त्यहाँका विभिन्न बैँकरहरुसँग भेटवार्ता समेत गरे । साथै, त्यहाँ रहेर उनले अमेरिका लगायत विभिन्न समृद्ध मुलुकको बैँकिङ प्रणालीको बारेमा राम्ररी अध्ययन तथा अनुसन्धान गरी नेपालको बैँक तथा वित्तिय क्षेत्रलाई पनि अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न पहल समेत गरे । 

सम्मेलन अप्रिल १२ देखि १७ अर्थात् चैत्र ३० देखि वैशाख ५ गतेसम्म अमेरिकाको राजधानी वासिङटन डिसीमा सम्पन्न भएको थियो । सम्मेलनमा हजारौँ सरकारी अधिकारीहरु, पत्रकार, नागरिक समाज संगठनहरु र विभिन्न नीजिस्तरका अधिकारीहरुको सहभागिता रहेको थियो । सम्मेलन विश्व अर्थतन्त्र, अन्तर्रा्ष्ट्रिय विकास र विश्व वित्तिय बजारको विषयमा केन्द्रित थियो ।   


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]