July 7th, 2017

६० करोडको ट्रेजरी बिल सोमबार

नेपाल राष्ट्र बैंकले ६० करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ । बोलकबोलको आधारमा विक्री हुने ट्रेजरी बिल खरिद गर्नका लागि आगामी मंगलबार (असार २६ गते) दिउसो ३ बजेसम्म बोलपत्र पेश गर्न पाइनेछ । पोलपत्र अनलाइन विडिङ सिस्टममार्फत पेश गर्नुपर्नेछ । 

राष्ट्र बैंकले जारी गर्न लागेको ट्रेजरी बिल ९१ दिने अवधिको हो । मंगलबार (असार २७ गते) निष्काशन गरिने ट्रेजरी बिल आगामी असोज २४ गते परिपक्व हुनेछ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]