July 3rd, 2017

सात अर्बको विकास ऋणपत्रमा लगानी गर्ने अवसर, मंगलबार बोलकबोल

नेपाल राष्ट्र बैंकले सात अर्ब रुपैयाँ बराबरको छ वर्षे विकास ऋणपत्र जारी गर्ने भएको छ । उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकलाई भोली दिउसो ३ बजेभित्रमा बोलकबोल पेश गरिसक्न आह्वान गरिएको छ । २०८० असार २१ गते साँवा फिर्ता हुने उक्त ऋणपत्रको ब्याज भने अर्धवार्षिक रूपमा भुक्तानी दिने बैङ्कले बताएको छ । सरकारले चालू आर्थिक वर्षका लागि दिएको आन्तरिक ऋणको लक्ष्य पूरा गर्न उक्त विकास ऋणपत्र जारी गर्न लागेको राष्ट्र बैङ्क स्रोतले बताएको छ ।  बोलकबोलमा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने लगानीकर्तालाई ऋणपत्र विक्री गरिने राष्ट्र बैङ्कको भनाइ छ । ऋणपत्रको निष्काशन बुधबार हुनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]