July 3rd, 2017

सनराइज बैंकको हकप्रद सेयर भर्ने आज अन्तिम दिन

सनराइज बैंक लिमिटेडले जेठ १६ गतेदेखि निष्का्न गरेको हकप्रद सेयर भर्ने आज अन्तिम दिन रहेको छ । वैशाख २९ गतेसम्म कायम सेयरधनीले आज साँझ कार्यालय समयसम्ममा आवेदन दिन पाउनेछन् ।

सनराइजले १० बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । हकप्रद निष्काशनका लागि बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । इच्छुक सेयरधनीले प्रभु क्यापिटल र सनराइज बैंकका सबै शाखाहरुबाट हकप्रदमा आवेदन दिन सक्नेछन् ।

बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ६३ करोड ५९ लाख ६३ हजार छ सय रुपैयाँ बराबरको एक करोड ६३ लाख ५९ हजार छ सय ३६ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हाल सनराइजको चुक्तापुँजी पाँच अर्ब ४५ करोड ३२ लाख १५ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी सात अर्ब आठ करोड ९१ लाख ७९ हजार रुपैयाँ पुग्नेछ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]