July 2nd, 2017

एभरेष्ट बैंकको डेढ करोडभन्दा बढी कित्ता हकप्रद खुल्यो

एभरेष्ट बैंक लिमिटेडले आइतबार (असार १८ गते)देखि तीन बराबरका एकको अनुपातमा  हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ५० कराड ८८ लाख आठ हजार सात सय रुपैयाँ बराबरको एक करोड ५० लाख ८८ हजार ८७ कित्ता सेयर निष्काशन सुरु गरेको हो ।

उक्त सेयरमा असार ६ गतेसम्म कायम सयरधनीले साउन २२ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआर्इबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । हकप्रदमा लगानीकर्ताले बिक्री प्रबन्धकएनआर्इबिएल क्यापिटल मार्केट्स लिमिटेड काठमाडौं साथै एभरेष्ट बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौं तथा बैंकका सम्पूर्ण शाखा कार्यालयबाट पनि आवेदन सक्नेछन् ।

हाल एभरेष्ट बैंकको चुक्ता पुँजी चार अर्ब तीन करोड ५२ लाख ६४ हजार चार सय रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि बैंकको चुक्तापुँजी छ अर्ब तीन करोड ५द्४ लाख ३४ हजार चार सय रुपैयाँ पुग्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]