July 2nd, 2017

३० प्रतिशत हकप्रदपछि पुनः १० प्रतिशत हकप्रद दिँदै सिद्धार्थ बैंक

सिद्धार्थ बैंक लिमिटेडको विशेष साधारणसभा मिति आइतबार (असार १८) गते सम्पन्न भएको छ । उक्त साधारणसभाले बैंकका सेयरधनीहरुलाई ३० प्रतिशत हकप्रद सेयर र यसपछि कायम हुने चुक्ता पुँजीको पुनः १० प्रतिशत अर्थात् १०ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने संचालक समितिको प्रस्ताव पारित गरेकोे छ । तत्पश्चात् बैंकको चुक्ता पुँजी सात अर्ब ५० करोड पुग्नेछ । 

बैंकले हाल देशभर रहेका ७० शाखा, दुई एक्स्टेन्सन् काउन्टर, ९० एटीएम र ७० शाखारहित बैंकिङ्ग सेवा केन्द्र मार्फत उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । चालु आर्थिक वर्ष २०७३÷०७४ को चैत्र मसान्तसम्म बैंक रु. ९५ करोड ७० लाख खुद मुनाफा आर्जन गर्न सक्षम रह्यो । सोहि अवधीमा बैंकको कुल निक्षेप रु. ७५ अर्ब २७ करोड र कर्जा लगानी रु. ६६ अर्ब २६ करोड रहेको छ ।


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]