June 21st, 2017

बैंकिङ प्रणालीप्रति नकारात्मक सन्देश जाने समाचार संप्रेषण नगर्न राष्ट्र बैंकको आग्रह

सञ्चार माध्यमहरुमा बैकिङ्ग प्रणाली प्रति नकारात्मक सन्देश प्रवाह हुने गरी समाचार सम्प्रेषण भएको भन्दै नेपाल राष्ट्र बैंकले त्यसप्रति आपत्ति जनाएको छ । हालकै दिनहरुमा केही व्यक्तिहरुले बैकिङ्ग प्रणालीको अवमूल्यन हुने कार्य गरेको समाचार सञ्चार माध्यममा बैंकिङ प्रणालीप्रति नकारात्मक सन्देश जाने गरी प्रवाह भएको भन्दै त्यसो नगर्न राष्ट्र बैंकले आग्रह गरेको छ । 

नेपाल राष्ट्र बैंकले विज्ञप्ति जारी गर्दे हालकै दिनमा केही व्यक्तीहरुको समूहले बैंक तथा वित्तीय संस्थामा अभद्र व्यवहार देखाई नारावाजी तथा हुलहुज्जत गर्ने गरेको बताएको छ । समग्र बैकिङ्ग प्रणालीको संरक्षण र सम्वर्धन गर्दै सर्वसाधारण निक्षेपकर्ता लगायत सरोकारवाला पक्षको हितको संरक्षण गर्ने कार्यलाई यस बैंकले उच्च प्राथमिकता दिइ कार्य गरिरहेको परिप्रेक्षमा बैंक तथा वित्तीय प्रणाली प्रति भ्रामक समाचार सम्प्रेषण नगर्न यस बैंक अनुरोध गर्दछ । राष्ट्र बैंकद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]