June 12th, 2017

जोखिममा कतारको अर्थतन्त्र 

कतार एयरवेजले आफूलाई बिगतका केही वर्षदेखिको गल्फ क्षेत्रको एक प्रमुख हवाई सेवाका रुपमा विकास गरिरहेको छ । र यसले कतारको राजधानी दोहालाई एक प्रमुख ट्रान्जिट बनाउने गरेको छ । लगभग विश्वकै एक प्रमुख ट्रान्जिटका रुपमा रहेको दोहा शहरको यो ट्रान्जिट आकर्षणले पछिल्लो समयमा गल्फमा देखा परिरहेको सङ्कटका कारण निरन्तरता पाउलाजस्तो देखिँदैन । 

गल्फलाई कतार एयरलाइन्सले मात्र नभएर गल्फका अरु देशका राष्ट्रिय एवम् अन्तरराष्ट्रिय हवाई सेवाहरुले दोहालाई प्रमुख ट्रान्जिटका रुपमा विकास गरिरहेका थिए । जस्तै दुबईको इमिरेट्स एयरलाइन्स् तथा इत्तेहादले पनि कतारलाई नै प्रमुख ट्रान्जिटका रुपमा विकास गरिरहेका थिए । यसरी गल्फ र अरु पनि विश्वका कतिपय हवाई सेवाहरुले कतारलाई विश्वकै एक प्रमुख केन्द्रका रुपमा विकास गरेका थिए । यसरी विभिन्न हवाई सेवाहरुले कतारलाई प्रमुख ट्रान्जिट बनाएकोले गर्दा कतारको दोहा शहर एक व्यापारिक केन्द्रका रुपमा पनि बिगतका केही वर्षयतादेखि विकास हुँदै आएको थियो । 

गत हप्तामात्र कतारसँगको कूटनीतिक सम्बन्ध तोड्ने निर्णय गल्फकै कतिपय देशले गरेका छन् । यसले कतारलाई विभिन्न क्षेत्रमा समस्या उत्पन्न त गरेकै छ । त्यो भन्दा पनि ठूलो समस्या उनीहरुले यात्रा अनुमति रद्ध गरेको कारणले कतारलाई थप समस्यामा पारेको बताइएको छ । 

अबदेखि कतारको आकासमा आफ्ना जहाजहरु उड्न नदिने र आफ्नो आकासमा पनि कतारको उड्डयन हुन नदिनेगरी गल्फ राष्ट्रले यस्तो प्रतिबन्ध लगाएका छन् । कतारसँग उसका छिमेकी देशहरु साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, बहराइन, इजिप्टलले सम्बन्ध अकस्मात विच्छेद गरेको बताएका थिए । यससँगै ती देशहरुले कतारसँगको यात्रा अनुमतिमा पनि प्रतिबन्ध लगाएका छन् । यो सङ्कटपछि कतार एयरलाइन्सले दिनहुँ दर्जनौँको सङ्ख्यामा उडान रद्ध गर्नु परिरहेको छ । त्यस्तै दोहामा ट्रान्जिट भएर आउने कैयौं एयरलाइन्स पनि आउन सकिरहेका छैनन् । 

यो सङ्कटपछि इस्लामिक रिपब्लिक र इरानले भने आफ्ना आकासको हवाई सेवामा कतार एयरलाइन्सलाई बढी स्थान दिएका छन् । तर, त्यो मात्रा बहराइनको भन्दा पनि कम छ । बहराइनले धेरै मात्रामा कतार एयरवेजलाई आफ्नो आकासमा उडान भर्न दिने गरेको थियो । 

यो अवस्था लामो समयसम्म रहने हो भने वास्तवमै कतारको अर्थतन्त्रमा नै ठूलो असर गर्नसक्ने विज्ञहरुको भनाई छ । रासस/एएफपी


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]