June 10th, 2017

भारतका जोन शेफर्डले  यसरी सुरु गरे बैंकिङ एटीएम

एटीएम (अटोमेटिक टेलर मेसिन) लाई चाहेको समयमा पैसा झिक्न मिल्ने भएकाले कतिपयले ‘एनिटाइम मनी’ पनि भन्ने गरेका छन् । पैसा झिक्न सजिलो पनि हुने भएकाले यसको प्रयोग दिनानुदिन बढ्दै पनि गएको छ । एटीएमप्रति मानिसहरुको आकर्षण बढेसँगै नेपालमा बैंक तथा वित्तीय संस्थाहरुले एटीएमहरु थप्दै गइरहेको छन् । हालसम्म नेपालभरि झन्डै दुई हजारको हाराहारीमा एटीएम काउन्टरहरु स्थापना गरिएका छन् । आफूलाई चाहेको समयमा र बैंकमा नै नपुगी तुरुन्तै पैसा निकाल्न सकिने एटीएम अहिले तपाई हाम्रो जीवनको अभिन्न अंग बन्न पुगेको छ भन्दा फरक नपर्ला । 

यद्यपि, हामीमध्ये थोरैलाई थाहा होला कि एटीएमको सुरुवात कसले कसले गर्यो । त्योभन्दा पनि महत्वपूर्ण कुरा, यो मेसिनको सुरुवात गर्ने सोच मनमा कसरी आयो ? र अन्ततः यसको स्थापना कसरी सम्भव भयो ? 

छिमेकी मुलुक भारतको सिलाङमा जन्मिएका जोन शेफर्ड बैरनले एटीमको परिकल्पना र सुरुवात गरेका थिए । २३ जुन १९२५ मा भारतको सिलाङमा जन्मिएका बैरनले एक दिन नुहाउँदा नुहाउँदै एटीएमको परिकल्पना गरेको थिए । २००७ मा बीबीसीलाई दिएको एउटा अन्तरवार्तामा बैरनले भनेका थिए, ‘मेरो दिमागमा यस्तो कुरा आयो कि बेलायत वा संसारको जुनसुकै कुनाबाट पैसा निकाल्ने केही तरिका हुनुपर्छ । चकलेट बार दिने मेसिनजस्तै, जसमा चकलेटको सट्टा पैसा निस्कियोस् ।’ 

त्यसपछि उनले यो परिकल्पनालाई सार्थक रुप दिने विचार गरे । बारक्लेज बैंकको प्रमुख कार्यकारीले बैरासँग सम्झौता गरे र काम सुरु भयो । त्यतिबेलासम्म प्लास्टिकको कार्डको आविस्कार भएको थिएन । उक्त मेसिनमा चेककै प्रयोग गरिन्थ्यो । त्यस्ता चेकमा कार्बन १४ लगाइएको हुन्थ्यो, जसलाई मेसिनले चिन्दथ्यो र व्यक्तिगत पहिचान नम्बर अथवा पिनको मद्दतबाट भेरीफाइ हुन्थ्यो । एटीएमबाट त्यतिबेला बढीमा १० पाउण्ड मात्र निस्कन्थ्यो ।

पिन चार अंकको किन बनाइयो ? यसको रहस्य खोल्दै शैफर्ड भन्छन्, ‘मलाई ६ अंकवाला आफ्नो आर्मी नम्बर थाहा थियो, तर श्रीमती कैरोलिनले उनको एउटा पनि चल्न दिइनन् । उनले केवल चार अंक मात्र सम्झन सकिन्छ भनिन् । यसर्थ पिनमा चार अंक नै विश्वभरी मानक बन्यो ।’

सन् १९६७ मा संसारको पहिलो एटीएम मेसिन लण्डनको एक बैंकबाट सुरु गरिएको थियो । टिभी श्रृंखला ‘अन द बसेज’ का रेग वार्ने एनफिल्ड बारक्लेज बैंकबाट एटीएम मेसिनमा पैसा निकाल्ने पहिलो नागरिक बनेका थिए । त्यतिबेला यसलाई ‘भित्ताको प्वाल’ अथवा ‘होल इन द वाल’ भनिन्थ्यो । एजेन्सीहरुको सहयोगमा


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]