June 2nd, 2017

एलआईसी (नेपाल) को १५औँ साधारणसभा : २४.८० प्रतिशत बोनस सेयर पारित

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) लिमिटेडले आफ्ना सेयरधनीका लागि २४.८० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको शुक्रबार (जेठ १९ गते) नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा सम्पन्न १५औं वार्षिक साधारणसभाले सञ्चालक समितिको सो प्रस्ताव पारित गरेको छ । कर प्रयोजनका लागि सेयरधनीले १.३० प्रतिशत नगद लाभांश समेत पाउनेछन् । साधारणसभाले आर्थिक वर्ष २०७२/०७३ को वासलात र आयव्यय विवरणलाई अनुमोदन पनि गरेको छ । 

आ.ब. २०७२/०७३ मा कम्पनीले १,४६,७१३ नयाँ बीमालेखहरु बिक्री गरी प्रथम बीमाशुल्क आम्दानी बापत दुई सय २६ करोड ५२ लाख रुपैयाँ संकलन गर्न सफल भएको छ । २०७३ आषाढ मसान्तसम्ममा यस कम्पनीमा कूल चालु बीमालेखको संख्या ६,२७,२६६ र कूल जीवन बीमा कोषमा रु. २,६४९ करोड संकलन गरेको कम्पनीले जानकारी दिएको छ । आ.ब. २०७२/०७३ मा कम्पनीको कूल जीवन बीमा कोषमा ३०.८० प्रतिशत, प्रथम बीमाशूल्क आर्जनमा २४.५२ प्रतिशत, लगानीतर्फ ३१.७२ प्रतिशत, लगानीबाट प्राप्त आम्दानीमा २२.६० प्रतिश को बृद्धिदर रहेको थियो । चालु आ.ब. २०७३/०७४ को तेस्रो त्रैमासिक अवधिसम्ममा कूल वीमाशुल्क आर्जन रु. ५७८.९० करोड भएको र कम्पनीको जीवन बीमा कोषमा रु. ३,१८९.१७ करोड रहेको जानकारी साधारणसभामा गराईयो । 

सभामा बोल्दै कम्पनीका अध्यक्ष विजय कुमार शर्माले सबै सेयरधनीहरुलाई अमूल्य सुझावहरुका लागि धन्यवाद ज्ञापन गरे । उनले एलआईसी नेपालको माध्यमबाट देशकोे आर्थिक बृद्धि एवं सामाजिक विकासमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै यस बीमकलाई सदैव एक उदाहरणीय जीवन बीमा कम्पनी कायम राखिरहने प्रतिबद्धता समेत व्यक्त गरे । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]