May 26th, 2017

सिभिल बैंकले दियो निक्षेप बीमावापतको रु ५ लाख

सिभिल बैंक लिमिटेडले लाबूटी शेर्पालाई निक्षेप वचत बीमा रकमवापत पाँच लाख रुपैयाँ प्रदान गरेको  । बैंकका बचतकर्ता काठमाडौं बौद्घ निवासी भाले शेर्पाको सवारी दुर्घटनामा परि असामायिक निधन भएकोमा गहिरो दुःख व्यक्त गर्दै बैंकले निजको हकवाला छोरीलाई उक्त रकम प्रदान गरेको हो । शुक्रबार एक कार्यक्रममा बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्गले उक्त रकम हस्तान्तरण गरेका हुन् । बैंकले अन्य ग्राहकहरुको पनि निक्षेप बीमा गर्दै आएको छ ।   


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]