May 25th, 2017

युरो ७ प्रतिशतले अधिमूल्यन

एजेन्सी । युरोको विनिमय दर ६ महिनाकै उच्च कायम भएको छ । मजबुत अवस्थाको उत्पादन तथ्यांक र युरोपेली नीति–निर्माताबीच भएको सकारात्मक वार्ताले युरो उकालो लागेको हो । फ्रान्सेली राष्ट्रपतिमा इमानुयल म्याक्रोनको विजयले मुद्रा थप बलियो भएको हो । युरोजोनकै ठूलो राष्ट्रका नेतामा उनको भूमिकाले युरोपेली एकता मजबुत हुने अपेक्षाबीच युरो उकालो लागेको जनाइएको छ ।

यो एकल मुद्रा अमेरिकी डलर र बेलायती पाउन्ड दुवैको दाँजोमा बलियो भएको छ । यो वर्षको हालसम्मको अवधिमा अमेरिकी डलरसँगको विनिमयमा युरो ७ प्रतिशतले अधिमूल्यन भएको छ भने बेलायती पाउन्डसँगको विनिमयमा २ प्रतिशतका दरले अधिमूल्यन भएको छ । पछिल्लो पर्चे्जिङ म्यानेजर्स सूचक (पीएमआई) तथ्यांकले युरोजोनको कम्पोजिट तथ्यांक अप्रिलमा ६ वर्षकै उच्च कायम भएको देखाएपछि यसले युरोलाई थप बल पुगेको छ । अप्रिलमा युरोजोनको पीएमआई ५६.८ कायम भएको छ । तथ्यांकले कारखानाहरूले थप कर्मचारीलाई भर्ना लिन लागेको पनि देखाएको छ ।

“ब्रेक्जिटपछिको वातावरणमा बेलायती वित्तीय बजार पूर्वाधार (एफएमआई) लाई ईयूको सम्पत्तिलाई तेस्रो पक्षका रूपमा लिन सकिनेछ,” ड्राघीले बताए ।जर्मन चान्सलर एंगेला मर्केलले मुद्राको विनिमय दरका साथसाथै तेलको मूल्यले जर्मनीको व्यापार बचतमा प्रभाव पारेको बताएकी छन् । यसको ट्रम्प प्रशासन र आफ्नो सरकारबीच सम्बन्ध भएको उनले बताइन् । ईसीबीका अध्यक्ष मारियो ड्राघीले अप्रिलमा बजारको अवस्थाबारे मिश्रित सन्देश दिएका थिए । उनी र अन्य पदाधिकारीबीच बैंकको मौद्रिक नीति हटाउने बारेमा छलफल भएको उनले बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]