May 23rd, 2017

झन्डै सवा तीन अर्बको ट्रेजरी बिल विक्री गरिँदै, आइतबारसम्ममा बोलपत्र पेश गर्नुपर्ने

नेपाल राष्ट्र बैंकले तीन अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल विक्री गर्नका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ । राष्ट्र बैंकले आगामी आइतबार (जेठ १४ गते) ९१ दिने अवधिको ट्रेजरी बिलका लागि बोलकबोल गर्न लागेको हो । मंगलबार निष्काशन गरिने उक्त ट्रेजरी बिल भदौ १३ गते परिपक्व हुनेछ । 

राष्ट्र बैंकले गत सोमबार पनि २५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेको थियो । जसमा एक अर्ब ४९ करोड रुपैयाँ बराबरको बोल परेको थियो । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]