May 22nd, 2017

अर्थबाट स्वीकृति पाएका बीमा कम्पनीलाई समितिले पठायो सैद्धान्तिक स्वीकृतिको पत्र 

अर्थ मन्त्रालयले स्वीकृति दिएका १० नयाँ जीवन बीमा कम्पनीलाई बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले सैद्धान्तिक स्वीकृतिको पत्र पठाएको छ । समितिले सोमबार १० वटै बीमा कम्पनीलाई पत्राचार गरेको छ । अर्थ मन्त्रालयले आइएमइ, रिलायन्स, महालक्ष्मी, सानिमा, सन नेपाल, स्टार, सिटिजन, रिलायबल, ज्योति र युनियन लाइफ इन्स्योरेन्सलाई लाइसेन्स दिन बीमा समितिलाई अनुमति दिएको थियो ।

अब ती बीमा कम्पनीहरुले कर्मचारी नियुक्ति, कार्यालयको पूर्वाधार तथा बिजिनेस प्लानसमेत बुझाई तोकिएको चुक्तापुँजी पुर्याएर अन्तिम स्वीकृतिका लागि आवेदन दिनेछन् । बीमा समितिले संस्थागत सुशासन विनियमावलीभित्र रहेर नयाँ कम्पनीहरुको मूल्यांकन गर्ने छ । विनियमावलीभित्र अट्ने कम्पनीहरुले अन्तिम स्वीकृति पाउने छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]