May 22nd, 2017

स्वावलम्बन लघुवित्त र बुम रेमिटबीच सम्झौता

स्वावलम्बन लघुवित्त विकास बैंक लि. र बुम रेमिट्यानस प्रा.लि बीच रेमिट्यान्स सेवा संचालन सम्झौता सम्पन्न भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश मान प्रधान र बुम रेमिट्यान्स प्रा.लि.का प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले एक समारोह बीच सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता पछि बुम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको रकम बैंकले आफ्नो ५४ वटा शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै बुम रेमिटको सफ्टवयेर मार्फत आन्तरिक विप्रेषन कार्य गर्न सकिने बताइएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]