May 22nd, 2017

कञ्चन डेभलपमेन्ट बैंकले पायो ३० प्रतिशत हकप्रद जारी गर्ने अनुमति

कञ्चन डेभलपमेन्ट बैंकले ३० प्रतिशत अर्थात दश बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले जेठ ७ गते अनुमति पाएको हो ।

कञ्चन डेभलपमेण्ट बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा १० करोड ३९ लाख ५० हजार बराबरको १० लाख ३९ हजार पाँच सय कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । यसका लागि बैंकले ग्लोबल आई.एम ई क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियूक्त गरिसकेको छ ।

हाल कञ्चन डेभलपमेन्ट बैंकको चूक्तापुँजी ३४ करोड ६५ लाख रुपैयाँ छ । ३० प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चूक्तापुँजी ४५ करोड चार लाख ५० हजार रुपैयाँ पुग्नेछ । 

बैंकले गत आर्थिक बर्षको कमाईबाट आफ्नो सेयरधनिलाई बोनस सेयर बितरण गरि सकेको छ । चालू आर्थिक बर्षको मुनाफाबाट चार करोड ९५ लाख ५० हजार रुपैयाँ बराबरको बोनस सेयर बाँडफाँड गरेर बैंकले ५० करोड चुक्तापुँजी पुर्याउनेछ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]