May 21st, 2017

सरकारको नीति तथा कार्यक्रम पारित, सबै तहको निर्वाचन प्राथमिकतामा

सरकारले आगामी आर्थिक वर्षको लागि तयार पारेको नीति तथा कार्यक्रम मन्त्रिपरिषदको आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पारित गरेको छ । नीति तथा कार्यक्रममा संविधान कार्यान्वयन, तीन वटै तहको निर्वाचन सम्पन्न गर्ने कार्यभार, राष्ट्रिय महत्वका आयोजना लगायतलाई प्राथमिकतामा राखिएको बताइएको छ ।  

मन्त्रीपरिषद्बाट पारित नीति तथा कार्यक्रमलाई आइतबार नै राष्ट्रपति समक्ष पेश गर्ने निर्णय बैठकले गरेको छ । राष्ट्रपतिसँगको परामर्शपछि संसदमा नीति तथा कार्यक्रम पेश गर्ने मिति तय हुने छ । 

नयाँ आर्थिक वर्षको बजेट पेश गर्नु अघि नै संसदमा सरकारले नीति तथा कार्यक्रम पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रचण्ड नेतृत्वको वर्तमान सरकारले जेठ १५ गते काम चलाउ बजेट पेश गर्ने तयारी गरेको छ । पूर्वसहमति अनुसार प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गरेपछि नयाँ सरकारले पूर्ण बजेट ल्याउने छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]