May 21st, 2017

सेयर बजारमा १६.६३ अंकको गिरावट, बोटलर्स नेपाल र एनबि इन्स्योरेन्सका सेयरधनीले कमाए

गत सातादेखि नै निरन्तर ओरालो लागिरहेको सेयर बजारले यो साताको सुरुवात पनि गिरावटबाटै गरेको छ । आइतबार नेप्से परिसूचक १६.६३ अंकको गिरावटसँगै १६२७.२४ अंकमा कायम भएको छ । उत्पादनमूक र अन्य समूह क्रमशः ५४.४६ र ०.८७ अंकले बढ्दा बाँकी सबै समूह घटेका छन् । सबैभन्दा धेरै बीमा समूह १०४.८७ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत र फाइनान्स क्रमशः १८.६९, ४९.६९, १५.२३, २२.२३ र ६.५१ अंकले घटेका छन् ।

बजार ओरालो लागेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । दिनभरिमा १४६ वटा कम्पनीको ११ लाख ९७ हजार एक सय ११ कित्ता सेयर पाँच हजार चार सय ४४ पटक खरिदविक्री हुँदा ६८ करोड १८ लाख ९० हजार एक सय ९३ रुपैयाँको कारोबार भएको छ । नेपाल इन्स्योरेन्सको चार करोड १५ लाख रुपैयाँको कारोबार भएको छ भने जनता बैंक, स्वरोजगार लघुवित्त, एनबि इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, मुक्तिनाथ विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटर, नेपाल लाइफ इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स लगायतको दुई करोडमाथिको कारोबार भएको छ । 

बजार निरन्तर ओरालो लागेपनि केही समयदेखि बोटलर्स नेपालका सेयरधनीले सम्पत्ति बढाइरहेका छन् । आइतबार पनि बोटलर्स नेपाल र एनबि इन्स्योरेन्सका सेयरधनीले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, सिनर्जी पावर र हिमालयन डिस्टीलरीका सेयरधनीले ९.९७ प्रतिशतका दरले कमाउँदा मेरो माइक्रोफाइनान्सका सेयरधनीले ९.९६ प्रतिशतका दरले कमाएक छन् भने आरएसडीसी लघुपित्त, एभरेष्ट इन्स्योरेन्स र बरुण हाइड्रोका सेयरधनीले ५ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । नेपाल इन्स्योरेन्स, नागबेली लघुवित्त लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको जनता बैंकका सेयरधनीले ६.२६ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । भार्गव विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, नयाँ नेपाल लघुवित्त, एक्सेल डेभलपमेन्ट बैंक, स्वाबलम्बन विकास बैंक, युनाइटेड फाइनान्स, नेपाल ग्रामीण विकास बैंक, बुटवल पावर कम्पनी, गुहेश्वरी फाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]