May 18th, 2017

शाखा विस्तारमा आक्रामक बन्दै एनआईसी एसिया बैंक, एकैदिन चार शाखाको उद्घाटन

एनआईसी एशिया बैंकले एकैदिन विभिन्न चार स्थानमा रहेका नयाँ शाखाहरुको उद्घाटन गरेको छ । बैंकले विहीबार (जेठ ४ गते) एक समारोहका बिच चार वटै शाखाको विधिवत् रुपमा समुद्घाटन गरेको हो । 

ती शाखाहरुमध्ये मणिग्राम स्थित १०२ औं शाखाको उद्घाटन तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणानिधि भण्डारी (माधव) ले गरे भने नयाँ पुल कास्की स्थित १०४ औं शाखाको उद्घाटन नयाँ पुल कास्की निवासी कुल बहादुर गुरुङले गरे । त्यस्तै, सालझण्डी स्थित १०५ औं शाखाको उद्घाटन सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष राज बहादुर क्षेत्री एवं सैनामैना व्यापार संघका अध्यक्ष दुर्गा प्रसाद गौतमले संयुक्त रुपमा गरे भने रुद्रपुरस्थित १०७ औं शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रय सदस्य सुरेन्द्र प्रसाद श्रेष्ठले गरे ।

बैंकले बुधबार (जेठ ३ गते) पनि एकैसाथ नौ वटा शाखाको समुद्घाटन गरेको थियो । शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]