May 18th, 2017

नागबेली लघुवित्तको २१ हजार आठ सय कित्ता संस्थापक हकप्रद सेयर लिलामीमा आउँदै

नागवेली लघुवित्त विकास बैंक लिमिटेडले २१ हजार आठ सय ८९ कित्ता संस्थापक हकप्रद सेयर लिलामीमा निकाल्ने भएको छ । बैंकले २०७३ मङ्सिर २० गतेदेखि माघ १० गतेसम्म निष्कासन तथा विक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको संस्थापक समूहको सेयर विद्यमान संस्थापकहरुका लागि मात्र शिलबन्दी बोलपत्र आह्वान गरेको हो । 

नागवेली लघुवित्तका विद्यमान संस्थापक सेयरधनीहरुले जेठ १९ गतेदखि २६ गतेसम्म उक्त सेयरका लागि शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अङ्कित गरी बोलकबोल गर्नुपर्ने छ । कम्पनीको सेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम सय कित्ता वा सो भन्दा १० ले भाग जाने सम्पूर्ण आवेदन दिन सक्नेछ । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]