May 18th, 2017

जनता बैंकको सेयर कारोबार खुल्यो

विहीबारदेखि नेप्सेमा जनता बैंक नेपाल लिमिटेडको कारोबार खुलेको छ । त्रिवेणी विकास बैंक लिमिटेडसँगको मर्जर प्रक्रिया सुरु भएपछि त्रिवेणी र जनता दुवैको सेयर कारोबार रोक्का भएको थियो । मर्जरका लागि गत कात्तिक १७ गते सम्झौता गरेका बैंकहरुको एकीकृत कारोबार गत चैत्र २५ गतेदेखि सुरु भएको थियो । जनता र त्रिवेणी एक बराबर एकको स्वाप रेसियोमा एकआपसमा गाभिएका थिए । मर्जरपछि जनता बैंकको चुक्तापुँजी चार अर्ब ९० करोड रुपैयाँको हाराहारीमा पुगेको छ । 

आठ अर्ब चुक्तापुँजी पुर्याउन जनता बैंकले सिद्धार्थ डेभलपमेन्ट बैंकलाई खरिद गर्दैछ । यी दुई बैंकबीच पनि एक बराबर एकको स्वाप रेसियो तय भएको छ । यसअघि जताले त्रिवेणीलाई गाभेर कायम चुक्तापुँजीको ६० प्रतिशत हकप्रद जारी गरेर पुँजी पुर्याउने निर्णय अघि सारेको थियो । तर, सिद्धार्थलाई खरिद गरेपछि आठ अर्ब चुक्तापुँजी नाघ्ने भएकाले हकप्रद निष्काशनको निर्णयलाई बैंकले रद्द गरेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]