May 11th, 2017

७.७७ अंकले बढ्यो सेयर बजार, ९० करोडको कारोबार

साताको अन्तिम दिन सेयर बजार ७.७७ अंकको वृद्धिसँगै १६५८.५८ अंकमा पुगेको छ । कारोबार भएका सबै समूह बढेका छन् । सबैभन्दा धेरै बीमा समूह ४५.४६ अंकले बढेको छ । बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक र अन्य समूह क्रमशः ३.९, १.४१, ६.४४, १.९२, १९.२, ४.९४, ८.०५ र १८.५१ अंकले बढेका छन् । 

कारोबार रकममा पनि विहीबार सुधार देखिएको छ । दिनभरिमा १४७ वटा कम्पनीको २० लाख ३४ हजार पाँच सय ४७ कित्ता सेयर सात हजार दुई सय १४ पटक खरिदविक्री हुँदा ९० करोड ३८ लाख ४० हजार नौ सय १६ रुपैयाँ पुँजी परिचालन भएको छ । हकप्रद सेयर जारी गर्ने तरखरमा रहेको सनराइज बैंकको सबैभन्दा धेरै सात करोड ४८ लाख ३६ हजार चार सय १० रुपैयाँको कारोबार भएको छ । वल्र्ड मर्चेन्ट बैंकिङ प्रोमोटरको पाँच करोडमाथिको कारोबार भएको छ भने सानिमा माइ हाइड्रोको झन्डै पाँच करोडको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको तीन करोडमाथिको कारोबार हुँदा प्राइम लाइफ इन्स्योरेन्स, सांग्रिला डेभलपमेन्ट बैंक, अरुण भ्याली हाइड्रो, अरुण काबेली पावर, सानिमा बैंक, स्टान्डर्ड चार्टर्ड बैंक लगायतको दुई करोडमाथिको कारोबार भएको छ । 

विहीबार दिव्यश्वरी हाइड्रोका सेयरधनीले ९.७३ प्रतिशतका दरले कमाउँदा रिडी हाइड्रो, अरुण भ्याली हाइड्रो, खानीखोला हाइड्रो, आरएसडीसी लघुवित्त, बरुण हाइड्रो र सांग्रिला डेभलपमेन्ट बैंकका सेयरधनीले क्रमशः ९.५५, ८.०७, ७.४६, ७.०५, ६.८८ र ५.५० प्रतिशतका दरले कमाएका छन् । जानकी फाइनान्स, ङादी ग्रुप पावर, राष्ट्रिय बीमा कम्पनी लगायतका सेयरधनीले पनि कमाएका छन् ।

गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको सहारा विकास बैंकका सेयरधनीले ७.२ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । बुटवल पावर कम्पनी, सानिमा माइ हाइड्रो, कञ्चन डेभलपमेन्ट बैंक, नागबेली लघुवित्त, मितेरी डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त, गुहेश्यरी फाइनान्स, गुडविल फाइनान्स, समिट माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]