May 11th, 2017

‘जीबन बीमा’ कम्पनी संचालन गर्दै एक दर्जन बैंकहरु

रोयल आचार्य/बैंकिङ खबर – एक दर्जन बैंकहरुले जीवन बीमा कम्पनी संचालन गर्ने भएका छन् । जीवन बीमा कम्पनी संचालन अनुमति लिनका लागि एक दर्जन बैंकिङ ग्रुपहरुले बीमा समितिमा आवेदन दिएका छन् । कम्पनी रजिष्टारमा दर्ता भइसकेका कम्पनीहरुलाई २१ दिने म्याद दिएर बीमा कम्पनीले संचालन अनुमतिका लागि कागजात पेश गर्न पत्राचार गरेको थियो । बीमा समितिको निर्देशन अनुसार १२ वटा बैंकहरुले जीवन बीमा कम्पनी संचालनका लागि बीमा समितिमा आवेदन दिएका छन् । 

जीवन बीमा कम्पनी संचालनका लागि ठूला मानिएका वाणिज्य बैंकहरुले आवेदन दिएका छन् ।
१. आइएमई लाइफ इन्स्योरेन्स
२. रिलायन्स लाइफ इन्स्योरेन्स
३. महालक्ष्मी लाइफ इन्स्योरेन्स
४. सानिमा लाइफ इन्स्योरेन्स
५. सननेपाल लाइफ इन्स्योरेन्स
६. स्टार लाइफ इन्स्योरेन्स
७. सिटिजन्स लाइफ इन्स्योरेन्स
८. रिलायबल लाइफ इन्स्योरेन्स
९. स्टाण्डर्ड लाइफ इन्स्योरेन्स
१०. ज्योति लाइफ इन्स्योरेन्स
११. युनियन लाइफ इन्स्योरेन्स
१२. युनि लाइफ लाइफ इन्स्योरेन्स
बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिको बैठकले नयाँ बीमा कम्पनीका लागि लाइसेन्स खुला गर्ने निर्णय गरिसकेको छ । कम्पनी रजिष्टारको कार्यालयमा करिब १० बर्ष अघि दर्ता भएर बीमा कम्पनी संचनलन अनुमतिको पाइप लाइनमा बसेका १६ वटा कम्पनीहरु रहेका छन् । अनुमतिको पखाईमा १४ जीवन बीमा कम्पनी र ४ वटा निर्जिवन बीमा कम्पनी रहेको बीमा समितिले जनाएको छ । 

लाइसेन्स पाउने सम्भावना
निकै लामो समय सम्म बीमा कम्पनी संचालनका लागि लाइसेन्स वितरण बन्द गरेको बीमा समितिले यसपालि भने लाइसेन्स दिने भएको छ । अहिले १६ बीमा कम्पनीहरुले अनुमति पाउने करिब पक्कापक्की जस्तो भएको छ । बि.स. २०६४ अघि नै कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएर बीमा कम्पनी संचालन अनुमतिको पर्खाइमा बसेकालाई मात्रै अनुमति दिने बीमा समितिले जनाएको छ । अहिले नयाँलाई भन्दा पनि १० बर्ष अघि नै कम्पनी दर्ता भएकालाई लाइसेन्स दिने पक्रिया थालिएको बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाँईले बताए । आवेदन दिएका सबैले लाइसेन्स पाउने सम्भावना भने नभएको अध्यक्ष चापागाँईको भनाई छ । पाइपलाइनमा रहेका मध्ये पनि आवश्यक मापदण्ड र प्रक्रिया पुरा गरेकाले मात्रै अनुमति पाउने उनको भनाई छ । 

लाइसेन्स प्राप्तिका लागि मापदण्ड
बीमा समितिले अनुमति दिनका १४ बीमा कम्पनीलाई पत्राचार गरे पनि सबैले लाइसेन्स पाउने सम्भावना भने कम छ । गत चैत्र १८ गते बीमा समितिले जारी गरेको ‘बिमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्दे्शिका, २०७३’ अनुसार ती कम्पनीहरुलाई पत्राचार गरे पनि कतिपय निर्देशिकाले तोकेको मापदण्ड पुरा गर्न नसक्ने हुँदा सबैले लाइसेन्स पाउँछन् भन्न सकिने अवस्था छैन । 

यी कम्पनीहरुले लाइसेन्स पाउनका लागि निर्देशिकाले तोकेअनुसार जीवन बीमा कम्पनीले दुई अर्ब र निर्जीवन बीमा कम्पनीले एक अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याएको हुनुपर्छ । साथै स्थिर सम्पत्तिको विवरण, बीमालेखसम्बन्धी नयाँ योजना, व्यवस्थापन खर्च, पूँजी संरचनाको विवरण, नयाँ बीमकले स्थायित्व पाउन सक्ने तथा दिगो वृद्धि प्राप्त गर्ने आधारभूत रणनीति र कम्तीमा ५ वर्षको व्यावसायिक योजनालगायत तोकिएका सम्बन्धित विवरणसमेत पेश गर्नुपर्ने छ । निर्दे्शिकामा बिमक दर्तासम्बन्धी कार्यलाई पारदर्शी र व्यवस्थित बनाउन, चुक्तापुँजी, संस्थापना तथा दर्ता, विदेशी बिमक सञ्चालनसम्बन्धी व्यवस्था पनि गरिएको छ । निर्दे्शिकाले उल्लेख गरेबमोजिम बिमकको कुनै संस्थापक वा निजको एकाघर परिवारका कुनै व्यक्ति प्रचलित कानूनबमोजिम कालो सूचीमा परेको भएमा पनि प्रस्तावकले बीमा कम्पनी सञ्चालन गर्न नपाउने भएको छ । यसैगरी, बीमा व्यवसायको प्रमाणपत्र लिन चाहने प्रस्तावित बिमकले संस्थापक समूहमा न्यूनतम ५१ प्रतिशत सेयर, सर्वसाधारणलाई कम्तीमा ३० प्रतिशत र कर्मचारीका लागि ५ प्रतिशत सेयर छुट्याउन सक्ने व्यवस्था छ ।

लाइनमा रहेका निर्जिवन बीमा कम्पनी
बीमा समितिले कहिले अनुमति दिन्छ, भनेर बाटो हेरेर बसेका ५ वटा निर्जीवन कम्पनीहरु रहेका छन् । करिब आधा दशक अघिदेखि कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएर बीमा समितिको अनुमति कसरेर बस्ने निर्जीवन बीमा कम्पनीहरुमा जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, सानिमा इन्स्योरेन्स र मनकामना इन्स्योरेन्स छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]