May 10th, 2017

शक्तिशाली यी बैंकहरु, जसले नौ महिनामै अर्बमाथि कमाए

बैंक तथा वित्तीय संस्थाहरुले धमाधम चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । बैंकहरुद्धारा सार्वजनिक विवरणअनुसार, दुई वटा सरकारी स्पामित्वका बैंकसहित चार वटा बैंकले दुई अर्बभन्दा बढी नाफा कमाएका छन् । सबैभन्दा धेरै नाफा नविल बैंकले कमाएको छ । त्यस्तै, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकले दुई अर्बभन्दा बढी नाफा कमाएका छन् । यीबाहेक, १० वटा बैंकको खुद मुनाफा एक अर्बमाथि रहेको छ । समग्रमा, एक अर्बभन्दा बढी नाफा कमाएका बैंकहरुको वित्तीय विवरण यहाँ प्रस्तुत गरिन्छ :

नबिल बैंक लिमिटेड
नबिल बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई अर्ब ६८ करोड ३७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३० दशमलव ७५ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा नविलले दुई अर्ब पाँच करोड २३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । छ अर्ब १८ करोड रुपैयाँ चुक्तापुँजी भएको नबिल बैंकले जगेडाकोषमा आठ अर्ब नौ करोड ३२ लाख रुपैयाँ राखेको छ । निक्षेपमा बैंकले तीन दशमलव ३० प्रतिशतले वृद्धि गरी एक खर्ब १७ अर्ब पाँच करोड ९६ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जातर्फ २८ प्रतिशत बढाएर ९० अर्ब ५५ करोड ४७ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ३४ दशमलव ४२ प्रतिशतले बढेर चार अर्ब आठ करोड १८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै सञ्चालन मुनाफा ३५ दशमलव २२ प्रतिशतले बढेर चार अर्ब १० करोड नौ लाख रुपैयाँ रहेको छ । यो अवधिमा पाँच लाख रुपैयाँ खराब खर्जा उठाएको बैंकले प्रोभिजनमा तीन करोड तीन लाख रुपैयाँ राखेको छ । बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) ५८ दशमलव २२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात (वार्षिक) २७ दशमलव ३१ गुणा, तरलता अनुपात २५ दशमलव ८७ प्रतिशत र प्रतिसेयर नेटवर्थ दुई सय ३१ दशमलव ८६ रुपैयाँ रहेको छ । बैंकको निष्कृय कर्र्जा शुन्य दशमलव ५४ प्रतिशतले घटेर शुन्य ९५ प्रतिशत कायम भएको छ भने जोखिमयुक्त सम्पतिमा शुन्य दशमलव ०९ प्रतिशतले बढेर १२ दशमलव ८४ प्रतिशत पुगेको छ ।

नेपाल बैंक लिमिटेड
चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल बैंक लिमिटेडले दुई अर्ब ५१ करोड ५८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५३ दशमलव १६ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल बैंकले एक अर्ब ६४ करोड २७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । सात अर्ब ४५ करोड ९५ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडा कोषमा दुई अर्ब ७६ करोड ४७ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा जम्मा एक दशमलव २१ प्रतिशतले वृद्धि गरी ८३ अर्ब ९५ करोड ४७ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा २५ दशमलव ४२ प्रतिशत बढाएर ७४ अर्ब २० करोड ९४ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी गत आर्थिक वर्षको पहिलो नौ महिनाको तुलनामा ४० दशमलव ११ प्रतिशतले बढेर चार अर्ब ७ करोड ३४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफा ८० दशमलव १८ प्रतिशतले बढेर दुई अर्ब २० करोड छ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा ३० करोड ४७ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले जोखिम व्यवस्थापन कोषमा ३५ करोड १६ लाख रुपैयाँ छुट्याएको छ । बैंकको निष्कृय कर्जा शुन्य दशमलव ८२ प्रतिशतले घटेर दुई दशमलब ८५ प्रतिशत कायम भएको छ भने पुँजीकोषको अनुपात तीन दशमलव ९७ प्रतिशतले बढेर १३ दशमलब ५२ प्रतिशत पुगेको छ । चैत्र मसान्तसम्ममा नेपाल बैंंकको प्रतिसेयर आम्दानी ४४ दशमलव ९७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात नौ दशमलव २३ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ३७ दशमलव ०६ रुपैयाँ र तरलता अनुपात २१ दशमलव ११ प्रतिशत रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई अर्ब ३७ करोड ७६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९ दशमलव ८१ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब ८३ करोड १७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । आठ अर्ब ७४ करोड रुपैयाँ चुक्ता पुँजी भएको नेपाल इन्भेष्टमेन्ट बैंकले जगेडाकोषमा नौ अर्ब ९५ करोड ८८ लाख रुपैयाँ राखेको छ । निक्षेपमा बैंकले छ दशमलव ३७ प्रतिशतले वृद्धि गरी एक खर्ब १९ अर्ब ८१ करोड १४ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जातर्फ २० दशमलव ८२ प्रतिशत बढाएर बैंकले कर्जामा एक खर्ब एक अर्ब ९४ करोड ६२ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी २८ दशमलव ८१ प्रतिशतले बढेर तीन अर्ब ४७ करोड ८१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै सञ्चालन मुनाफा ४१ दशमलव ९७ प्रतिशतले बढेर तीन अर्ब ४५ करोड ७३ लाख रुपैयाँ रहेको छ । यो अवधिमा २० करोड ५४ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा ४३ करोड ५७ लाख रुपैयाँ राखेको छ । नेपाल इन्भेष्टमेण्ट बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) ३६ दशमलव २४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात (वार्षिक) २२ दशमलव १० गुणा र प्रतिसेयर नेटवर्थ दुई सय १३ दशमलव ८६ रुपैयाँ रहेको छ । निष्कृय कर्जातर्फ शुन्य दशमलव १४ प्रतिशतले घटेर शुन्य ७४ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पतिमा २ दशमलव ३४ प्रतिशतले घटेर १३ दशमलव ७८ प्रतिशत रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड
सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई अर्ब सात करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो अवधिमा बैंकको एक खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने एक खर्ब एक अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । यो बैंकको चुक्तापुँजी आठ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । 

कृषि विकास बैंक लिमिटेड
कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब ५७ करोड ४८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९ दशमलव ७६ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले एक अर्ब २१ करोड ३२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । १२ अर्ब ५२ करोड तीन लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकमा साधारण सेयरपुँजी सात अर्ब आठ करोड ७६ लाख ८० हजार रुपैयाँ रहेको छ । निक्षेपमा सात दशमलव २२ प्रतिशतले वृद्धि गरी ८९ अर्ब ५३ करोड चार लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १८ दशमलव ९१ प्रतिशत बढाएर ८८ अर्ब ६८ करोड ८५ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ४१ दशमलव ७४ प्रतिशतले बढेर पाँच अर्ब १५ करोड १५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा एक सय ६५ प्रतिशतले बढेर एक अर्ब ८१ करोड ५६ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा ६५ करोड ४० लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा ९२ करोड ८९ लाख रुपैयाँ राखेको छ । बैंकको जगेडा कोषमा आठ अर्ब ६८ करोड ७९ लाख रुपैयाँ रहेको छ । त्यस्तै, बैंकको पुँजीकोष चार दशमलव १९ प्रतिशतले बढेर १७ दशमलव ३८ प्रतिशत पुगेको छ भने निष्कृय कर्जा एक दशमलव ५९ प्रतिशत रहेको छ । चैत्र मसान्तसम्ममा कृषि विकास बैंकको को प्रतिसेयर आम्दानी २४ दशमलव ७४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १९ दशमलव ०८ गुणा, प्रतिसेयर नेटवर्थ दुई सय १८ दशमलव ९२ रुपैयाँ र तरलता अनुपात २२ दशमलव ६४ प्रतिशत रहेको छ ।

एभरेष्ट बैंक लिमिटेड
एभरेष्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब ५४ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४ करोड रुपैयाँ बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा एभरेष्टले एक अर्ब २० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । चार अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले जगेडाकोषमा पाँच अर्ब ४३ करोड रुपैयाँ राखेको छ । तेस्रो त्रैमाससम्ममा ९२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जातर्फ ७३ अर्ब रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी दुई अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । नोक्सानी व्यवस्थाका लागि एभरेष्टले नौ करोड रुपैयाँ छुट्याएको छ । यो अवधिमा तीन करोड ९३ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकको सिसिडी रेसियो ७६ बाट ७० प्रतिशतमा झरेको छ । बैंकको प्रतिसेयर आम्दानी ६१ रुपैयाँ ४७ पैसाबाट ४४ रुपैयाँ ९५ पैसामा झरेको छ भने निष्कृय कर्जा ०.६७ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ दुई सय २० रुपैयाँ चार पैसा रहेको छ ।


हिमालयन बैंक लिमिटेड
हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब ५३ करोड ५१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ दशमलव ३५ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा हिमालयनले एक अर्ब ३१ करोड ९३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । छ अर्ब ६१ करोड ४७ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा चार अर्ब ५१ करोड रुपैयाँ राखेको छ । निक्षेपमा १४ दशमलव ८५ प्रतिशतले वृद्धि गरि ९२ अर्ब ८९ करोड आठ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १९ दशमलव ५९ प्रतिशत बढाएर ७८ अर्ब ८ करोड ३४ लाख रुपैयाँ लगानी गरेको छ । यो अवधिमा हिमालयन बैंकको खुद व्याज आम्दानी १३ दशमलव ३४ प्रतिशतले बढेर दुई अर्ब ७६ करोड ९५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा १६ दशमलव ६२ प्रतिशतले बढेर दुई अर्ब ३९ करोड ७२ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा २ करोड ५७ लाख रुपैयाँ राखेको छ । बैंकको निष्कृय कर्जा दुई दशमलव ०८ प्रतिशतले घटेर शुन्य दशमलव ९० प्रतिशत कायम भएको छ । त्यस्तै, जोखिमयुक्त सम्पति शुन्य दशमलव ७९ प्रतिशतले बढेर ११ दशमलव ७४ प्रतिशत पुगेको छ । चैत्र मसान्तसम्ममा, हिमालयन बैंकको प्रतिसेयर आम्दानी ३१ दशमलव ५३ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात ३२ दशमलव २९ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ७१ दशमलव ३७ रुपैयाँ र तरलता अनुपात २४ दशमलव ३९ प्रतिशत रहेको छ ।

ग्लोबल आईएमई बैंक लिमिटेड
ग्लोबल आइएमइ बैंक लिमिटेडले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा एक अर्ब ४७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.९८ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ग्लोबल आईएमईले एक अर्ब तीन लाख रुपैंयाँ खुद मुनाफा आर्जन गरेको थियो । सात अर्ब २४ करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकले निक्षेपमा ठूलो छलाङ मार्दै ६७ अर्ब ४० करोडबाट ८५ अर्ब ८१ करोड रुपैंयाँ संकलन गरेको छ भने कर्जामा ७३ अर्ब १३ करोड रुपैयाँ लगानी गरेको थियो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ग्लोबल आईएमईको कर्जा लगानी ५७ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो । यो अवधिमा ग्लोबल आईएमई बैंकको संचालन मुनाफा एक अर्ब ९६ करोड रुपैयाँ पुगेको छ भने खुद व्याज आम्दानी दुई अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा ६० करोडभन्दा बढी सञ्चालन मुनाफा र ६५ करोड रुपैयाँ बढी खुद व्याज आम्दानी गरेको हो । बैंकले खराब कर्जा १.९३ प्रतिशतबाट १.५३ प्रतिशतमा झारेको छ । हाल बैंकको प्रतिसेयर आम्दानी २७.१७ रुपैंयाँ, नेट वर्थ १५३.७४ रुपैंयाँ र मुल्य आम्दानी अनुपात १५.७५ गुणा रहेको छ ।

प्रभु बैंक लिमिटेड
प्रभु बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब ४४ करोड ५८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९० दशमलव ७८ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा प्रभुले ७५ करोड ७८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । पाँच अर्ब ८८ करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा एक अर्ब ८९ करोड २५ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ३१ दशमलव २७ प्रतिशतले वृद्धि गरि ७१ अर्ब ६० करोड २९ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा ५९ अर्ब ५९ करोड ४६ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको संचालन मुनाफा एक सय २२ दशमलव ७७ प्रतिशतले बढेर एक अर्ब १७ करोड रुपैयाँ पुगेको छ भने खुद व्याज आम्दानी ५९ दशमलव ६७ प्रतिशतले बढेर एक अर्ब ९५ करोड १६ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा एक अर्ब ४० करोड रुपैयाँ बराबरको खराब कर्जा उठाएको बैंकको प्रोभिजनमा २९ करोड १४ लाख रुपैयाँ नोगेटिभमा रहेको छ । बैंकको निष्कृय कर्जा चार दशमलव ३२ प्रतिशतमा झरेको छ । चैत्र मसान्तसम्ममा प्रभु बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ५८ पैसा रहेको छ । 

एनएमबि बैंक लिमिटेड
एनएमबि बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब १४ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा एनएमबिले ७७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । यो अवधिमा बैंकको खुद व्याज आम्दानी एक अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा एनएमबिले एक अर्ब ३७ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो । यो अवधिमा बैंकले ७१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने ६० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । यो अवधिमा बैंकले झन्डै ५० करोड रुपैयाँ खराब कर्जा उठाएको छ । चैत मसान्तमा एनएमबिको सिसिडी रेसियो ७० प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी २९ रुपैयाँ ८१ पैसा छ । यस्तै रिर्टन अन इक्युटी १७.४१ प्रतिशत छ । बैंकको निष्कृय कर्जा १.७० प्रतिशत रहेको छ ।

एनआईसी एसिया बैंक लिमिटेड
चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा एनआईसी एसिया बैंकले एक अर्ब १३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.८८ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा एनआईसी एसियाले ७५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बैंकको समग्र मुनाफा बढेपनि प्रतिसेयर आम्दानी घटेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा २७ रुपैयाँ ४१ पैसा रहेको प्रतिसेयर आम्दानी चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २६ रुपैयाँ ६ पैसामा झरेको छ । बैंकको खुद व्याज आम्दानी एक अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । छ अर्ब ३५ करोड रुपैयाँ चुक्तापुँजी रहेको बैंकको चैत मसान्तसम्ममा ७९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने ६७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । 

नेपाल एसबिआई बैंक लिमिटेड
नेपाल एसबिआई बैंक लिमिटेडले चालू आर्थिक वर्षकोको तेस्रो त्रैमासमा एक अर्ब १० करोड ७७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ दशमलव २१ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल एसबिआई बैंकले ९५ करोड तीन लाख रुपैयाँ खुद मुनाफा आर्जन थियो । चार अर्ब ९७ करोड ९८ लाख रुपैयाँ चुक्तापुँजी रहेको बैंकले जगेडाकोषमा तीन अर्ब ११ करोड रुपैयाँ राखेको छ । निक्षेपमा ३४ दशमलव ९२ प्रतिशतले वृद्धि गरी ८५ अर्ब ४६ करोड ७३ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ६१ अर्ब ७१ करोड ५२ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी २६ दशमलव २२ प्रतिशतले बढेर दुई अर्ब १९ करोड रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २२ दशमलव २० प्रतिशतले बढेर एक अर्ब ७५ करोड पाँच लाख रुपैयाँ पुगेको छ । यो अवधिमा दुई करोड ३६ लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकले १८ करोड १० लाख रुपैयाँ प्रोभिजनमा राखेको छ । बैंकको निष्कृय कर्जा शुन्य दशमलब ०२ प्रतिशतले घटेर शुन्य दशमलव १२ प्रतिशत कायम भएको छ भने पुँजीकोष शुन्य दशमलव ८७ प्रतिशतले घटेर १२ दशमलव ८८ प्रतिशत कायम भएको छ । चैत्र मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी वार्षिक २९ दशमलव ५७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ४९ दशमलव ०४ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ६२ दशमलव ४७ रुपैयाँ र तरलता अनुपात ३३ दशमलव ८० प्रतिशत रहेको छ ।

स्टान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड
स्टान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब छ करोड ४२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७ दशमलव ४३ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा स्टान्डर्ड चार्टर्डले ९० करोड ६७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । तीन अर्ब ७४ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा चार अर्ब ८३ करोड ८५ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १९ दशमलव ६८ प्रतिशतले वृद्धि गरी ६९ अर्ब ५६ करोड ७४ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा २७ दशमलव ३४ प्रतिशत बढाएर ३७ अर्ब ३५ करोड ५९ लाख रुपैयाँ लगानीे गरेको छ । बैंकको खुद व्याज आम्दानी १८ दशमलव ९७ प्रतिशतले बढेर एक अर्ब ५५ करोड ५५ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २२ दशमलव २८ प्रतिशतले बढेर एक अर्ब ६१ करोड ३९ लाख रुपैयाँ रहेको छ । यो अवधिमा चार करोड ६३ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकको प्रोभिजनमा ११ करोड तीन लाख रुपैयाँ राखिएको छ । बैंकको पूँजीकोष अनुपात एक दशमलव ९८ प्रतिशतले बढेर १६ दशमलव ८९ प्रतिशत पुगेको छ भने निष्कृय कर्जा शुन्य दशमलव ०६ प्रतिशतले घटेर शुन्य दशमलव २३ प्रतिशत कायम भएको छ । चैत्र मसान्तसम्ममा स्टान्डर्ड चार्टर्ड बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) ३७ दशमलव ८४ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात (वार्षिक) ६२ दशमलव १० गुणा, प्रतिसेयर नेटवर्थ दुई सय २९ दशमलव ०३ रुपैयाँ रहेको छ ।

माछापुच्छे बैंकको  लिमिटेड
माछापुच्छे बैंकको  लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब ५१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६१ दशमलव ०५ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा माछापूछ्रेले ६२ करोड ४२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । छ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ चुक्ता पूँजी भएको माछापुच्छे बैंकले जगेडा कोषमा एक अर्ब ७८ करोड ८४ लाख रुपैयाँ छुट्याएको छ । निक्षेपमा २० दशमलव ८३ प्रतिशतले वृद्धि गरी ५८ अर्ब चार करोड ८१ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जातर्फ ३२ दशमलव पाँच प्रतिशत बढाएर ५३ अर्ब पाँच करोड ८९ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ३३ दशमलव ६६ प्रतिशतले बढेर एक अर्ब ७५ करोड १६ लाख रुपैयाँ पुगेको छ भने बैंकको संचालन मुनाफा ५३ दशमलव ५१ प्रतिशतले बढेर एक अर्ब ३३ करोड ११ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा १३ करोड ५९ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा १४ करोड ५० लाख रुपैयाँ राखेको छ । बैंकको जोखिमयुक्त सम्पति शुन्य दशमलव ८१ प्रतिशतले बढेर १३ दशमलव ३० प्रतिशत पुगेको छ भने निष्कृय कर्जा शून्य दशमलव १९ प्रतिशतले घटेर शुन्य दशमलव ३६ प्रतिशत कायम भएको छ । चैत्र मसान्तसम्ममा माछापूछ्रे बैंकको प्रतिसेयर आम्दानी २४ दशमलव ६९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १८ दशमलव ११ गुणा, प्रतिसयर नेटवर्थ एक सय २६ दशमलव ६० रुपैयाँ र तरलता अनुपात २२ दशमल ६७ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]