May 10th, 2017

संस्थापक सेयरधनीका लागि ७७ हजार कित्ता हकप्रद जारी गर्दै उन्नति माइक्रोफाइनान्स

उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीका लागि ७७ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको छ । संस्थाले जेठ ९ गतेदेखि १२ गतेसम्म उक्त अनुपातमा हकप्रद संस्थापक सेयर निष्काशन गर्न लागेको हो । 

उन्नतिले दोस्रो साधारणसभाबाट पारित भएबमोजिम हाल कायम चुक्तापुँजीको २५ प्रतिशत अर्थात चार बराबर एकको अनुपातमा संस्थापक सेयरधनीहरुका लागि हकप्रद सेयर जारी गर्ने बताएको छ । तीन करोड आठ लाख रुपैयाँ चुक्तापुँजी भएको माइक्रोफाइनान्सले एक सय रुपैयाँ अंकित दरमा ७७ लाख रुपैयाँ बराबरको हकप्रद संस्थापक सेयर गर्नेछ । 

सेयर खरिदको आवेदन फारम उन्नति माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय सिद्धार्थनगर नगरपालिका १२, रुपन्देहीमा पाइनेछ । आवेदन फारम पनि सोही कार्यालयमा बुझाउनुपर्ने बताइएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]