May 10th, 2017

एनएलजी इन्स्योरेन्सले कमायो झन्डै १३ करोड मुनाफा

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १२ करोड ९७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७ दशमलव २७ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा एनएलजीले ११ करोड छ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

५१ करोड २३ लाख रुपैयाँ चुक्तापुँजी भएको कम्पनीले जगेडा कोषमा १० करोड ५७ लाख रुपैयाँ र बीमा कोषमा ५३ करोड ११ लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानी २२ दशमलव ८२ प्रतिशतले बढेर २२ करोड ६२ लाख रुपैयाँ पुगेको छ भने खर्च २९ दशमलव ७२ प्रतिशतले बढेर नौ करोड ७५ लाख रुपैयाँ पुगेको छ । कम्पनीले एक अर्ब एक करोड ३२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने दाबी भुक्तानी कुल ५३ करोड ९० लाख रुपैयाँ पुगेको छ । एक लाख ४७ हजार दुई सय २१ वटा बीमा लेख जारी गरेको कम्पनीले तीन हजार छ सय ६४ वटा दाबी भुक्तान गरेको छ ।

एनएलजी इन्स्योरेन्स कम्पनीको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ७७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ दुई सय ३० दशमलव २८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५० दशमलव ९३ गुणा र तरलता अनुपात दुई प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]