May 9th, 2017

सोमबार पनि बढ्यो सेयर बजार, कारोबारमा पनि सुधार

स्थानीय चुनाव नजिकिएसँगै सेयर बजारले वृद्धिको गति लिएको छ । सोमबारदेखि बढ्न थालेको बजार मंगबालर पनि १३.५१ अंकले बढेर १६५०.८१ अंकमा पुगेको छ । कारोबार भएका सबै समूहका सूचक हरियो भएका छन् । सबैभन्दा धेरै जलविद्युत् समूह ११५.९६ अंकले बढेको छ । बैंकिङ, होटल, विकास बैंक, फाइनान्स, बीमा र अन्य क्रमशः ७.०२, २२.३६,२५.०६, ४.४४, ६६.०१ र १.४५ अंकले बढेका छन् ।

धेरै दिनपछि मंगलबार कारोबार रकममा समेत सुधार देखिएको छ । दिनभरिमा १४२ वटा कम्पनीको १० लाख सात सय १३ कित्ता सेयर पाँच हजार छ सय ५४ पटक खरिदविक्री हुँदा ६१ करोड २० लाख १८ हजार चार सय ९७ रुपैयाँ पुँजी परिचालन भएको छ । जसमध्ये, सानिमा माइ हाइड्रोको चार करोड ६७ लाख ४४ हजार आठ सय १६ रुपैयाँको कारोबार भएको छ भने प्राइम लाइफ इन्स्योरेन्स, प्रभु बैंक, सनराइज बैंक, नेपाल लाइफ इन्स्योरेन्स र अरुण काबेली पावरको दुई करोडमाथिका काराबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल एसबिआई बैंक, एनसीसी बैंक, सिद्धार्थ बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ । 

अपि पावर कम्पनी, बुटवल पावर कम्पनी, सानिमा माइ हाइड्रो र मेरो माइक्रोफाइनान्सका सेयरधनीले ८ प्रतिशतभन्दा बढीका दरले आफ्नो सम्पत्ति बढाएका छन् भने नयाँ नेपाल लघुवित्त र नेपाल इन्स्योरेन्सका सेयरधनीले क्रमशः ७.४५ र ६.०८ प्रतिशतका दरले कमाएका छन् । प्रोग्रेसिभ फाइनान्स, रिडि हाइड्रो, खानीखोला हाइड्रो, अरुण काबेली पावर लगायतका सेयरधनीले ५ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । 

सिनर्जी फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ३.६३ प्रतिशतका दरले आफ्नो सम्पत्ति गुमाएका छन् । मिर्मिरे माइक्रोफाइनान्स, स्वाबलम्बन विकास बैंक, मिसन डेभलपमेन्ट बैंक, आईएलएफसीओ माइक्रोफाइनान्स, सेती फाइनान्स, एनएमबि माइक्रोफाइनान्स, स्वरोजगार लघुवित्त, सिद्धार्थ इक्विटी वरियन्टेड स्किम, महिला सहयात्रा माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]