May 8th, 2017

चार वटा बैंकको हकप्रद र बोनस सेयर नेप्सेमा सूचिकृत

सोमबार चार वटा बैंकले हकप्रद सेयर र बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत गराएका छन् । मेगा बैंक, ओम डेभलपमेन्ट बैंक, मनास्लु विकास बैंक र सेवा विकास बैंकले सेयर कारोबार सुरु गर्नका लागि विभिन्न अनुपातमा सेयर नेप्सेमा सूचिकृत गराएका हुन् । 

यी बैंकहरुले गत आर्थिक वर्षको कमाईबाट वितरण गरिएको बोनस सेयर नेप्सेमा सूचिकृत गराएका हुन् । सोमबार सूचिकृत भएका बोनस सेयरहरुमा मेगा बैंकको ५३ लाख १५ हजार नौ सय ४० दशमलव ७४ कित्ता, सेवा विकास बैंकको आठ लाख आठ हजार पाँच सय ५४ दशमलव ८८ कित्ता, ओम डेभलपमेन्ट बैंकको ३० लाख ७४ हजार तीन सय २१ कित्ता र मनास्लु विकास बैंकको तीन लाख ३० हजार तीन सय ५४ कित्ता छन् । 

मेगा बैंक र सेवा विकास बैंकले हकप्रद सेयर पनि सूचिकृत गराएका छन् । मेगा बैंकले तीन लाख ८६ हजार आठ सय ८२ कित्ता र सेवाले ५१ लाख छ हजार छ सय ६२ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत गराएका छन् । मेगा बैंकले गत साउन २७ गतेदेखि भदौ २९ गतेसम्म ८१ लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । उक्त निष्काशनको क्रममा नबिकेको तीन लाख ८६ हजार कित्ता हकप्रद मेगाले लिलामीमा विक्री गरेको थियो । सोही सेयरलाई सोमबार मेगाले नेप्सेमा सूचिकृत गराएको हो । सेवा विकास बैंकले भने मंसिर २३ गतेदेखि पुस २७ गतेसम्म ५१ लाख छ हजार छ सय ६२ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । सोही सेयरलाई सोमबार नेप्सेमा सूचिकृत गराइएको हो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]