May 5th, 2017

सिभिल बैंकबाट एक कार्यकालमै हटाइए महर्जन, प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङ

सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा सोही बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ नियुक्त भएका छन् । उनले आगामी जुलाइ २८ बाट प्रमुख कार्यकारी अधिकृतका रुपमा काम सुरु गर्नेछन् । बैंक सञ्चालक समितिले किशोर महर्जनको ठाउँमा गुरुङलाई नियुक्त गरेको हो । महर्जन एक कार्यकालमै हटाइएका छन् । नव नियुक्त प्रमुख कार्यकारी अधिकृत गुरुङ २१ बर्षदेखि बैंकिङ क्षेत्रमा छन् ।  हिमालयन बैकबाट सिनियर अफिसरका रुपमा जागिर सुरु गरेका गुरुङ,  ग्लोबल आइएमइ बैक, हुँदै मेगा बैकमा काम गरीसकेका छन् । हाल उनी सिभिल बैंकको नायव प्रमुख कार्यकारीका रुपमा कार्यरत थिए । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]