May 5th, 2017

नेपालमा दिगो र समावेशी वित्तीय विकासको प्रवद्र्धन गर्नका लागि राष्ट्र बैंक र आईएफसीबीच सम्झौता

नेपाल राष्ट्र बैंक र अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी)बीच नेपालमा दिगो र समावेशी वित्तीय विकासको प्रवद्र्धन गर्ने विषयमा सम्झौता भएको छ । वातावरणीय तथा सामाजिक जोखीम व्यवस्थापन गर्दै सम्पत्तिको प्रतिफल अभिवृद्धि, व्यावसायिक अवसर सृजना र वित्तीय क्षेत्रको प्रतिस्पर्धी क्षमता विकास गर्न उक्त सम्झौता भएको छ । राजधानीमा बुधवार आयोजित एक कार्यक्रममा आईएफसी र राष्ट्र बैङ्कले उत्कृष्ट जोखीम व्यवस्थापन अभ्यासमार्फत बैंक तथा वित्तीय संस्थाको जोखीम न्यूनीकरण गर्ने उद्देश्यले यस्तो सहकार्य गरेका हुन् ।

उक्त कार्यले वातावरणमैत्री सामाजिक विकास गर्नसमेत मद्दत मिल्ने आईएफसीको भनाइ छ । नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थाहरूले वातावरण तथा सामाजिक जोखीम व्यवस्थापनका सिद्धान्त अवलम्बन गर्न सहयोग गर्ने आईएफसीले विश्वास लिएको छ । नेपालमा वित्तीय संस्थाहरूले दिगो आर्थिक वृद्धि बढाउन यो कार्यक्रमबाट लगानी र कर्जा प्रवाहका क्रियाकलापमार्फत महत्वपूर्र्ण भूमिका खेल्ने आईएफसीको अपेक्षा छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]