May 2nd, 2017

माछापूछ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त

माछापुच्छ्रे बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन् । बिहिबार बसेको संचालक समितिको बैठकले रोशन के.सी.लाई सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्षमा मनोनित गरेको हो । 

बाफियाको प्रावधान अनुसार संचालक समितिका बहालवाला अध्यक्ष तथा सभासद डा. बिरेन्द्र महतोले पदबाट राजिनामा दिएपश्चात केसीलाई अध्यक्षमा नियुक्त गरिएको हो । त्यस्तै, बैंकका निर्देशक प्रकाश केसीले पनि पदबाट राजिनामा दिएको बैंकले जनाएको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]