April 30th, 2017

बैंकिङ एक्स्पोमा अवलोकनकर्ताको भीड बढ्दो, आज शेयर बजार र बीमा बिशेष कार्यक्रम हुँदै

रोयल आचार्य/बैंकिङ खबर-शुक्रबारदेखि काठमाडौँको भृकुटीमण्डपमा शुरु भएको बैंकिङ एक्स्पो–२०१७ को तेस्रो दिन आइतबार शेयर बजार र बीमा बिशेष कार्यक्रम हुने भएको छ । बैंकिङ एक्स्पोको तेस्रो दिन आइतबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटी, बीमा समितिका अध्यक्ष चिरंञ्जिवी चापागाँई, युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक डा.बिष्णु प्रसाद गौतम, धितोपत्र बोर्डका अध्यक्ष वा प्रतिनिधि, मर्चेण्ट बैंकर्स एसोशियशनका अध्यक्ष तथा ब्रोकर एसोशियसनका अध्यक्ष लगायतको उपस्थितीमा अन्तक्रिया हुने कार्यक्रम संयोजक माधव निर्दोषले जानकारी दिए । संयोजक निर्दोशका अनुसार आइबार बिहान ११ बजे देखि शेयर बजार सम्बन्धी अन्तक्रिया हुने तथा दिउसो २ः३० बजे देखि बीमा सम्बन्धी बिशेष कार्यक्रम हुने छ ।

एक्स्पोको दोस्रो दिन शनिबार बिहान १० बजे बाट शुरु भएकोे कार्यक्रममा अवलोकनकर्ताको उल्लेखीय उपस्थिती देखियो । शनिबार १० बजे नै बिभिन्न कलेजका बिद्यार्थी तथा बैंकिङ सरोकार राख्ने व्यक्तिहरुको जमात अवलोकनका लागि भृक्टीमण्डपमा थेगिनसक्नु भिड लागेको थियो । दिउसो आकासबाट पानि परे पनि आकासे पानिको प्रतिवाद गर्दै अवलोकन कर्ता आएका थिए ।

शनिबार बिहान ११ः३० बजेबाट शुरु भएको ‘बैंकिङ लगानी र उद्यमशीलता’ बिषयक बिशेष कार्यक्रममा नेपाल राष्ट्र बैंकका कायकारी निर्देशक नर बहादुर थापा, माइक्रोफाइनान्स डेभलपमेण्ट बैंकर्स एसोशियसनका अध्यक्ष रामचन्द्र जोशी, लक्ष्मी लघुवित्तको प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्मा, निर्धन उत्थान बैंकका प्रमुख कार्यकारी अधिकृत जनाद्र्धन पन्त लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा सहभागीहरुले अतिथिहरुसँग बैंकिङ लगानी र उद्यमशीलता विषयमा जिज्ञासा राखेका थिए । शनिबारको दोस्रो बिशेष कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ, प्रभु ग्रुपकी उपाध्यक्ष कुसुम लामा लगायतको उपस्थिती रहेको थियो । डेपुटीगभर्नर श्रेष्ट सहभागी दोस्रो कार्यक्रममा बैंकिङ प्रविधि बिषयमा अन्तक्रिया कार्यक्रम भएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]