April 28th, 2017

बैंकिङ एक्स्पोमा अब के हुँदैछ ?

शुक्रबारदेखि काठमाडौँको भृकुटीमण्डपमा बैंकिङ एक्स्पो २०१७ सुरु भएको छ । मिडिया इन्टरनेशनलको आयोजनामा नेपाल राष्ट्र बैंक, बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकर्स एशोसियसन लगायतको सहभागितामा आयोजित कार्यक्रम तीन दिनसम्म चल्नेछ । एक्स्पोमा विभिन्न बैंक तथा वित्तीय संस्था लगायत रेमिट्यान्स कम्पनी, नागरिक लगानी कोष, युवा स्वरोजगार कोष, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, बीमा कम्पनी लगायतले आआफ्ना सूचनामूलक स्टलहरु राखेका छन् । 

एक्स्पोको पहिलो दिन कार्यक्रमको उद्देश्यको बारेमा जानकारी दिइयो । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपाल, बैंकर्स संघका अध्यक्ष अनिल केशरी शाह लगायतले कार्यक्रमको महत्वका बारेमा प्रकाश पार्दै यस्ता कार्यक्रम आगामी दिनमा पनि भइरहनुपर्ने बताए । साथमा उनीहरुले निशूल्क बैंकिङ सूचना लिने यो अवसर नगुमाई सबैलाई एक्स्पोमा राखिएका सूचनामूलक स्टलहरु भिजिट गर्न आह्वान गरे । शुक्रबार एक्स्पोमा बैंकर्स, विद्यार्थी लगायत अन्य थुप्रै सर्वसाधारणहरुको उल्लेख्य सहभागीता रह्यो । 

बैंकिङ एक्स्पोका आगामी दिन
बैंकिङ एक्स्पो शनिबार र आइतबार विहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रमका संयोजक माधव निर्दोषका अनुसार, शनिबार विहान साढे ११ बजे बैंकिङ लगानी र उद्यमशीलताका बारेमा अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको छ भने साढे दुई बजे बैंकिङ प्रविधिसम्बन्धी अन्तक्रिर्यात्मक कार्यक्रम गरिनेछ । त्यस्तै, आइतबार विहान साढे ११ बजे सेयर बजारसम्बन्धी र साढे दुई बजे बीमा सम्बन्धी अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]