April 28th, 2017

हकप्रद निष्काशनको लहर : पाइपलाइनमा २४ कम्पनीको १३ करोड ४३ लाख कित्ता सेयर

नेपाल धितोपत्र बोर्डमा २४ वटा कम्पनीहरुको हकप्रद निष्काशन पेन्डिङमा रहेको छ । गत वर्षदेखि हालसम्म हकप्रद निष्काशनका लागि अनुमति माग गर्दै धितोपत्र बोर्ड पुगेका २४ कम्पनीहरु पाइपलाइनमा रहेका छन् । बोर्डको अनुमतिको पखाईमा रहेका केही कम्पनीलाई बोर्डले कमेन्ट पठाईसकेको छ भने केहीको सेयरमाथि बोर्डले प्रारम्भिक अध्धयन गरिरहेको छ । यसरी, धितोपत्र बोर्डको अनुमति पर्खाईमा बस्ने कम्पनीहरुमा दुई वटा जलविद्युत् कम्पनी, पाँच वटा फाइनान्स कम्पनी, नौ वटा विकास बैंक, चार वटा वाणिज्य बैंक, दुई वटा लघुवित्त र बाँकी दुई वटा बीमा कम्पनी रहेका छन् । यी कम्पनीहरुले कुल १३ अर्ब ४३ करोड नौ लाख ८६ हजार छ सय दुई रुपैयाँ बराबरको १३ करोड ४३ लाख नौ हजार आठ सय ६६ दशमलव ०२ कित्ता हकप्रद सेयर जारी गर्न लागेका हुन् ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]