April 27th, 2017

यस्तो छ प्रभु बैंकको प्रगति विवरण, मूनाफामा उल्लेखीय वृद्धि 

प्रभु बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद मूनाफा १ अर्ब ४४ करोड ५८ लाख रुपैयाँ आर्जन गरेको छ । बैंकले चालु आ.व.को चैत मसान्त सम्म गत वर्षको तुलनाभन्दा ९० दशमलव ७८ प्रतिशतले वृद्धि गरेर उक्त मूनाफा कमाएको हो ।  बैंकको गत वर्षको सोहि अवधिमा ७५ करोड ७८ लाख रुपैयाँ मुनाफा कमाएको थियो । बैंकले चैत मसान्त सम्मको संचालन मूनाफामा १२२ दशमलव ७७ प्रतिशतको वृद्धि गरेर १ अर्ब १७ करोड रुपैयाँ कमाउन सफल भएको छ ।

बैंकले १ अर्ब ४० करोड रुपैयाँ खराबकर्जा उठाउन सफल भएको छ । बैंकको प्रगति विवरण अनुसार १ अर्ब ९५ करोड १६ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ । जुन गत वर्षको तुलनामा ५९ दशमलव ६७ प्रतिशतले बढि हो । बैंकले जगेडा कोषमा १ अर्ब ८९ करोड २५ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ३१ दशमलव २७ प्रतिशतले वृद्धि गरि ७१ अर्ब ६० करोड २९ लाख रुपैयाँ संकलन गरेर कर्जा प्रवाहामा ५९ अर्ब ५९ करोड ४६ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको प्रोभिजनमा २९ करोड १४ लाख रुपैयाँ नोगेटिभमा रहेको छ । थप जानकारीका लागि तलको विवरण हेर्नुहोस् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]