April 26th, 2017

‘बाली बीमा’  आबश्यकता र महत्व 

रोयल आचार्य-नेपाल सरकारले कृषि व्यवसायमा आकर्षण गराउन बिभिन्न कार्यक्रमहरु ल्याएको छ । कृषकलाई सहुलियत कर्जा देखी अनुदान तथा बाली बीमाको सुविधा समेत सरकारले ल्याएको छ । नेपाल एउटा कृषि प्रधान देश हो । कृषि प्रधान देश भए पनि नेपालमा अझै कृषि पेशालाई व्यवसायिक रुपमा अघि बढाउन नसकिएको अवस्था छ । कृषिबाट आत्मनिर्भर बन्न सकिदैन भन्ने सोचाईका कारण पनि नेपालमा कृषिलाई व्यवसायिक रुपमा अगाडी बढाउन नसकिएको हो । अझै पनि नेपालका पहाडी तथा तराईका अधिकांश भागमा व्यवसायिक भन्दा पनि बढी परम्परागत खेति गर्ने प्रचलन छ । 


बाली बीमाका लागि धेरै अवशर भएको र विस्तारै विस्तारै यसमा आकर्षण बढ्दै जाने बीमा समितिका निर्देशक श्रीमान कार्कीको भनाई छ । बीमा कम्पनीको नियामक निकाय बीमा समितिका निर्देशक कार्कीका अनुसार पछिल्लो समय बाली बीमामा आकर्षण बढ्दो मात्रामा रहेको छ । बाली बीमा गर्ने बिभिन्न बीमा कम्पनीहरुले पछिल्लो समय क्रमिक रुपमा बाली बीमाको बृद्धि गर्ने गरेको तथ्यांक बीमा समितिमा छ । बाली बीमाको वारेमा जनचेतनाको कमीका कारण पनि चाहे जस्तो उपलब्धि हुननसकेको बाली बिज्ञहरु वताउछन् । बाली बीमा कृषि बीमा अन्तर्गतको बीमा कार्यक्रम हो । बाली बीमाबारे चेतना हुनु पूर्व कृषि बीमा बारे बुझ्नु पनि उत्तिकै आवश्यक रहेको समितिका निर्देशक कार्कीको भनाई छ । 

बाली बीमामा कुन कुन बालीको बीमा हुन्छ ?
बीमा समितिले नेपालका सबै किसिमका बालीहरुको बीमा गर्न मिल्ने प्रावधान बनाएको छ । नेपालमा बाली बीमा गर्ने बीमा कम्पनीहरुले बिशेष गरेर निम्नानुसारका बालीको बीमा गर्ने गरेका छन् ः
क) धानबाली बीमा
ख) आलुबाली बीमा
ग) फलफूल बाली बीमा
घ) च्याउ बीमा


बाली बीमा कसरी गरिन्छ ?
बाली बीमा गराउन चाहने बिमीतले बीमा कम्पनीले उपलब्ध गराएको बाली बीमा प्रस्ताव फारम पूर्णरुपले भरी बालीको विवरण पूरा खोल्नुपर्छ । साथै बाली सम्बन्धि थप कुरा कृषि प्राविधिक बाट भराउनु पर्छ । 

बाली बीमाको अवधि र जोखिम रक्षावरण
कृषि बीमा अन्तर्गत पर्ने बाली बीमा एउटा बालीको बढीमा १ बर्षको मात्रै बीमा गराउने प्रावधान रहेको छ । नेपालमा उब्जाउ हुने धेरै जसो बालि बढीमा १ बर्षमा पाकि सक्ने हुँदा यस्तो व्यवस्था गरिएको हो । आगलागी, बाढी, डुबान, भूकम्प, खडेरी, पहिरो÷भूस्खलन, असिना, आंधी बेहरी, हिउं वा तुसारो, रोग तथा कीरा बाट हुने हानी नोक्सानी , विभिन्न जोखिमबाट हुने नोक्सानी लगायतको बीमा कम्पनीले जोखिम रक्षावरण गर्ने गर्दछ । 

बीमा गर्न लाग्ने शूल्क 
बाली बीमा गर्नका लागि बीमितले बीमा कम्पनीलाई केहि शुल्क तिर्नु पर्ने हुन्छ । अन्य बीमाको तुलनामा बाली बीमाको शुल्क कम लाग्ने तथा लाग्ने शुल्कको पनि केहि रकम सरकारले अनुदान दिने व्यवस्था गरेको छ । प्रति बाली लागत मूल्यको ५ प्रतिशत कृषकले बीमा शुल्क तिर्नु पर्ने छ । तर, यसमा नेपाल सरकारले ३.७५ प्रतिशत अनूदान दिने व्यवस्था गरेको छ । 

बीमा गरिएको बाली विक्री 
बीमा गरेको बाली विक्री गर्नू परेमा विक्री गर्नू भन्दा अगाडी बीमा कम्पनीमा जानकारी गराई बीमा रद्ध गरेमा ८ महिना सम्म बीमालेखमा उल्लेखित प्रतिशतका हिसाबले कटाई बांकी बीमा शूल्क फिर्ता पनि पाइन्छ । तर दाबी परी सकेको हकमा फिर्ता हूने छैन ।

क्षतिपुर्ति पाइने व्यवस्था
पशू पंक्षी वा बाली नोक्सान भएको ३ दिन भित्र कृषकले बीमा अभिकर्ता, कृषक समुह÷ सदस्य संस्थाको प्रतिनिधिलाई जानकारी गराउनू पर्छ र १५ दिन भित्र प्राविधिकबाट प्रमाणित गराएको प्रमाण पत्र, सक्कल बीमालेख र सर्ज्मिन मूचूल्का पेश गरेपछि ठांउ हेरी बढीमा एक महिना भित्र क्षतिपुर्ती उपलब्ध गराइन्छ । बीमा अवधि समाप्त भएको रहेछ भने नवीकरण गराउनू पर्छ । अन्यथा क्षतिपुर्ती पाइने छैन ।


बीमालेख रद्ध हुन सक्ने कारणहरु :
बीमित बालीको सम्बन्धमा लुकाइ छिपाइ झूटा विवरण दिइएमा, बीमकलाई जानकारी नदिई अवधि समाप्त नहुदैं बाली विक्री गरेमा वा अन्य कुनै कारणले हक छाडी हस्तान्तरण गरेमा वा बीमित बाली कुनै वित्तिय संस्थाबाट ऋणमा लिएको अवस्थामा उक्त ऋण चूक्ता भई बीमित बाली विक्री भएको अवस्थामा बीमालेख स्वतः रद्ध हुनेछ व्यवस्था रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]