April 26th, 2017

भारतको अर्थतन्त्र निकै बलियो बन्दै, हरेक नागरिकलाई सम्पन्न बनाउने घोषणा

भारतको अर्थतन्त्र निकै पलियो बन्दै गएको छ । भारतीय जनता पार्टीका नेता नरेन्द्रदास मोदी प्रधानमन्त्रीमा निर्वाचित भए यता भारताको अर्थतन्त्रमा निकै सुधार आएको छ । आगामी आर्थिक बर्षमा भारतको अर्थतन्त्रमा ४ गुणाले बृद्धि आउने भारतीय अर्थविद्हरुको अनुमान छ । 


भारतको पाँच वर्षे रणनीति
पूर्वाधार विकासमा भारतले छ सय खर्बभन्दा बढी रकम लगानी गर्ने भएको छ । भारतले आगामी पाँच वर्षको अवधिमा पूर्वाधारमा सो लगानी गर्ने योजना बनाएको हो । उक्त रकममध्ये, ७० प्रतिशत लगानी उर्जा, सडक र सहरी पूर्वाभारको क्षेत्रमा आवश्यक भएको भारतका वित्तमन्त्री अरुण जेट्लीले बताएका छन् । 
भारतले आफ्नो पञ्चवर्षिय योजनामा कृषि, उर्जा, उद्योग, गरीबी उन्मूलन, मानव स्रोत, शिक्षा, सामाजिक न्याय, रोजगारी, समावेशी विकास लगायतलाई प्राथमिकतामा राखेको छ । वित्तमन्त्री जेट्लीले यो वर्ष र आगामी वर्ष भारतले क्रमशः ७.२ र ७.७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने दाबी समेत गरेका छन् । नयाँ दिल्लीस् भारतमा आफ्नो पकड बलियो बनाउँदै लगिरहेको नरेन्द्र मोदी नेतृत्वको सरकारले आगामी १५ वर्ष भित्रमा सबै नागरिकलाई घर, एसी र कार उपलब्ध गराउने भएको छ । 

मोदी सरकारको नयाँ भिजन
भारतको अर्थतन्त्रलाई अझ वलियो बनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ भिजन पेश गरेका छन् । गभर्निङ काउन्सिलको बैठकमा भारतीय प्रधानमन्त्री मोदीले नयाँ भिजन पेश गरेका हुन् । नयाँ इन्डियाको भिजनमा मोदी सरकारले सबै नागरिकलाई घर, दुई पाङ्ग्रे साधन या कार, बिजुली, एयर कन्डिसन, इन्टरनेटको पहुँच र शौचालय उपलब्ध गराउने जनाएको छ । बैठकमा नयाँ भिजनको रणनीति र कार्यान्यन एजेण्डामा शत–प्रतिशत साक्षरता तथा विश्वस्तरको स्वास्थ्य उपचार सुविधाबारे योजना प्रस्तुत गरिएको थियो । महत्वाकांक्षी मानिएको यस योजनामा अत्याधुनिक र विशाल सडक सञ्जाल बनाउने कुरा पनि समावेश गरिएको छ । त्यसैगरी रेल्वे सञ्जाल, वाटर वे र हवाई सञ्जाल पनि व्यापक बनाइने उल्लेख छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]