April 26th, 2017

परिवारको स्वास्थ्य बीमा नगरे बिदेश जान नपाइने

रोयल आचार्य-

अब आफ्ना परिवार सदस्यको स्वास्थ्य बीमा नगरे बैदेशिक रोजगारीमा जान नपाईने भएको छ । बैदेशिक रोजगारीमा जाने कामदारका परिवारको स्वास्थ्य बीमा अनिवार्य गर्नु पर्ने स्वास्थ्य बीमा विधयक २०७३ ले व्यवस्था गरेको छ । नयाँ स्वास्थ्य बीमामा उल्लेख भए अनुसार परिवारको स्वास्थ्य बीमा गरेपछि मात्रै बैदेशिक रोजगारका लागि जान पाइनेछ । केही दिनअघि मात्रै मन्त्रिपरिषदबाट पारित स्वास्थ्य बीमा विधेयक–२०७३ मा यस्तो व्यवस्था गरिएको हो । मन्त्री परिषदबाट पारित भइसके पनि संसदबाट पारित भएपछि मात्रै यो व्यवस्था लागू हुने छ ।
स्वास्थ्य बीमामा सबै नागरिकको पहूँच पु¥याउन विधयेकमा यस्तो व्यवस्था गरिएको स्वास्थ्य मन्त्री गगन कुमार थापाले वताए । वृद्धाश्रम, अनाथालय, सुधार गृहलगायतका संरक्षित संघसंस्थाहरुमा आश्रति व्यक्तिहरुको पनि स्वास्थ्य बीमा गर्नुपर्ने मन्त्री थापाको भनाइ छ । विधेयकमा बीमा शुल्क तिर्न नसक्नेका लागि सरकारले नै शुल्क तिरिदिनु पर्ने व्यवस्था गरेको छ । गरिबीको रेखामूनि रहेका अति बिपन्न परिवारको बीमा शुल्क सरकारले नै तिरिदिने छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]